• १३ बैशाख २०८१, बिहीबार
बैजनाथमा कांग्रेसबाट ११ जना अध्यक्षमा र २ जना उपाध्यक्षका लागि नाम सिफारिस


कोहलपुर। नेपाली कांग्रेस बैजनाथ गाँउ कार्यसमितिले आगामी स्थानीय तह निर्वाचनका लागि आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ।

पालिकाको अध्यक्ष र उपाध्यक्ष पदका लागि पालिकाबाट ११ जनाको नाम सिफारिस गरेको छ । भने उपाध्यक्षमा २ जना सिफारिस भएका छन् ।

अध्यक्षमा महासमिति सदस्यबाट चन्तराम थारु, प्रकाश बहादुर शाही, र निर्मला रोकायको नाम सिफारिस गरेको छ । यस्तै जिल्लाका सह-सचिव विनोद कुमार थारु, महाधिवेशन प्रतिनिधि देब बहादुर खत्री र भावना चौधरीको नाम सिफारिस गरेको छ ।

यस्तै पालिका सभापति देब बहादुर केसी , क्षेत्रिय सचिव ज्ञान बहादुर ओलीको नाम पनि सिफारिस गरीएको छ । यस्तै केशर खड्का, राम बहादुर विष्ट र जिल्ला सदस्य कोकिला शर्माको नाम सिफारिस गरीएको छ ।

यस्तै उपाध्यक्षमा महाधिवेशन प्रतिनिधि कमला हमाल र प्रदेश प्रतिनिधि तथा जिल्ला सदस्य टंक प्रसाद काफ्ले ‘आशिष’ को नाम सिफारिस भएका छन् । कांग्रेस विधान अनुसार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको टिकट दिने अधिकार जिल्ला संसदीय समितिलाई छ ।

जिल्ला संसदीय समितिमा पार्टी जिल्ला पदाधिकारीसहित पाँच जना मनोनित सदस्य रहन्छन् । जिल्लाभित्रका केन्द्रीय सदस्यहरू यो समितिमा पदेन सदस्य हुन्छन् ।

 

 

Nabintech