राप्तीसोनारीको अध्यक्षमा कांग्रेसबाट बहालवालासहित ८अध्यक्षमा र उपाध्यक्षमा ५ जना सिफारिस


नेपालगञ्ज । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाँकेको राप्तीसोनारी गाउँपालिकाबाट कांग्रेसका उम्मेदवार सिफारिस भएका छन् ।

पालिका सभापति भिम बहादुर राना क्षेत्रीका अनुसार बहालवाला अध्यक्ष लाहुराम थारु सहित ८ जनाको अध्यक्षमा सिफारिस गरेको छ । भने उपाध्यक्षका लागि ५ जनाको नाम सिफारिस गरी पठाइएको छ । ।

अध्यक्षमा महाविर ओली, यम बहादुर खड्का, संगिता थारु, तप्त पौडेल, डिल्ली गिरी, खुम बहादुर बस्नेत र रुद्र बहादुर ओली अध्यक्ष पदको उम्मेदवारका लागि सिफारिस भएका छन् । वली वडा नम्बर ९ का वडा अध्यक्ष एवम् महासमिति सदस्य, खड्का र थारु महाधिवेशन प्रतिनिधि, पौडेल निवर्तमान जिल्ला सचिव, गिरी कांग्रेस बाँकेका प्रबक्ता एवम् क्षेत्र नम्बर १ का निवर्तमान क्षेत्रीय सचिव, बस्नेत क्षेत्रीय सचिव एवम् वडा नम्बर ८ का वडा अध्यक्ष तथा वली शिक्षक संघका पूर्व अध्यक्ष हुन् ।

यस्तै उपाध्यक्षमा बलालवाला धनीकुमारी खत्री, सविना ओली,तारा परियार, नैना खत्री र माधवराम थारु सिफारिस भएका छन् । ओली लुम्बिनी प्रदेश प्रतिनिधि, परियार पालिका सहसचिव, खत्री राप्तीसोनारी गाउँपालिकाकी बोर्ड सदस्य र थारु लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।

कांग्रेस विधान अनुसार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको टिकट दिने अधिकार जिल्ला संसदीय समितिलाई छ ।
जिल्ला संसदीय समितिमा पार्टी जिल्ला पदाधिकारीसहित पाँच जना मनोनित सदस्य रहन्छन् । जिल्लाभित्रका केन्द्रीय सदस्यहरू यो समितिमा पदेन सदस्य हुन्छन् ।

Nabintech