• ७ बैशाख २०८१, शुक्रबार
बैजनाथ गाँउपालिकामा कांग्रेसबाट यी हुन् अध्यक्षका दाबेदार, को कति बलियो ?


बैजनाथ । स्थानीय तह निर्वाचन नजिकिएसँगै बाँकेको बैजनाथ गाँउपालिमा अध्यक्षको चर्चा सुरु भएको छ ।

अहिले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतका दलहरू मतदातालाई रिझाउन विभिन्न कार्यक्रम गरिरहेका छन् भने पार्टीबाट उम्मेदवार छनौटको छलफललाई पनि तीव्रता दिएका छन् ।

२०७४ सालको निर्वाचनमा यहाँ नेकपा एमाले विजयी भएको थियो । आठ ओटा वडा मध्ये २ ओटा वडामा मात्रै कांग्रेस विजयी भएको थियो । एमालेले बिजयी भएको यस पालिकामा मुख्य प्रतिद्धन्दी एमालेलाई पराजित गर्न कांग्रेसले केन्द्रको परिपत्रअनुसार एक महिने घर घर जाँउ कांग्रेस जिताउ अभियानका साथै वडा स्तरिय भेला,वडा स्तरिय कार्यक्रमका साथै पार्टी प्रवेश कार्यक्रम गरिरहेको छ । बैजनाथमा कांग्रेसका तर्फबाट सम्भावित अध्यक्षको उम्मेदवारको रूपमा अहिलेसम्म ४ जनाले आकांक्षा देखाएका छन् ।

महासमिति सदस्य प्रकाश शाही, महासमिति सदस्य चन्तराम थारु, महाधिवेशन प्रतिनिधि देब बहादुर खत्री र जिल्लाका सह-सचिव विनोद थारु मुख्य रुपमा अध्यक्षको उम्मेदवारका आकांक्षीका रूपमा चर्चा हुन थालेको छ ।

युवामाझ लोकप्रिय हुनु नै आफ्नो जित्ने आधार हो : प्रकाश शाही

नेपाली कांग्रेस बाँके क्षेत्र नंम्बर ३ का महासमिति सदस्य हुन् प्रकाश शाही । १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा सर्वाधिक मत मत पाएर विजयी भएका थिए ।
अहिलेसम्म सार्वजनिक पदमा नबसेका शाही लामो समय पार्टीका लागि यौगदान गरेको यो क्षेत्रका पाका नेताका रूपमा चिनिन्छन् ।
बैजनाथ गाँउपालिका अध्यक्षमा अहिलेसम्म चर्चामा चलेका नामभन्दा आफू अध्यक्षको प्रमुख दावेदारसंगै जित्ने आधार थुपैै रहेको बताउछन् शाही ।

अघिल्लो पटक २०७४ सालको निर्वाचनमा आफुले अध्यक्षको आंकाक्षा राखेपनि पार्टीमा जेष्ठताका र पार्टीमा लामो समय काम गरेको आधारमा छोडेको तर यसपटक आफु ब्याक नहुने शाहीको भनाइ छ ।

बैजनाथको राजनीतिलाई बुझ्ने स्थानीयमा पनि यस पटक सत्ता गठबन्धनबाट साझा उम्मेदवार आएको अवस्थामा पनि शाही नै कांग्रेसको तर्फबाट सशक्त उम्मेदवार हुन सक्ने बताउँछन् ।

उनले भने, ‘अहिले चर्चामा आएका उम्मेदवारलाई आफुले विगतमा सहयोग गरेको र आफुलाई पनि पार्टीले मूल्याङ्कन गरेर पार्टीले टिकट दिने विश्वास व्यक्त गरे।’ स्वस्च्छ छवि भएको, पार्टीका कार्यकर्ताको माझमा रुचाएको नेता हुनुका साथै भेगिए हिसावमा पनि गाँउपालिकामा दैलेखी, सुर्खेती जनताको बाहुल्य रहेको हुनाले पनि आफ्नो जित्ने आधार हरेको रहेको बताए । अन्य उम्मेदवारले टिकट पाएमा एकले अर्र्कोलाई स्विकार नगर्ने अवस्था आए पनि आफु निर्विरोध हुदा अन्य अध्यक्षका उम्मेदवार पनि स्विकार गर्ने बताए ।

कृषिको आधुनिकरणमा ध्यान दिनुका साथै पालिकामा रहेको सुकुम्बासी समस्या र अव्यवस्थित बसोबासलाई समाधान गर्ने शाहीको भनाइ छ। शाही साविक क्षेत्र नं ४ को पूर्व उपसभापति हुनुका साथै १४ औं महाधिवेशनका महासमिति सदस्य हुन् ।

राजनैतिक निरन्तरता नै आफ्नो जित्ने आधार हो : देव बहादुर खत्री

कांग्रेसका महाधिवेशन प्रतिनिधि रहेका देब बहादुर खत्री पनि बैजनाथ गाँउपालिकाको अध्यक्षका प्रवल दावेदार मध्येका एक हुन् । २०७४ सालको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार भएका खत्री एमालेका उम्मेदवारसंग पराजित भएका थिए ।

२०७४ को उपविजेता उम्मेदवार भएकाले जनतासंग परिचित अनुहार पनि भएकाले पनि आफ्नो बैल्कपिक उम्मेदवार भएको खत्रीको दावी छ । त्यसैगरी कांग्रेसको जनआधार बढ्नुका साथै कांग्रेसको सांगठनिक रुपमा पनि सुधार भएको र आफु पनि कांग्रेसको संगठन बनाउनका लागि आफ्नो यौगदान रहेको बताए ।
एमालेका जनप्रतिनिधिहरु फेल भइसकेको र जनताममुखी नभई कार्यकार्ता मुखी भएका कारण पनि आफुलाई नागरिकले बैकल्पिक उम्मेदवारका रुपमा रहेकोको बताए ।
२०४६ सालबाट नेविसंघ राजनिति सुरु गरेका खत्री २०४८ सालमा नेविसंघको क्षेत्रिय सचिव भएर काम गरेका थिए । १३ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भएका खत्री  महासमति सदस्य पनि भएका थिए । खत्री १४ औं महाधिवेशनबाट महाधवेशन प्रतिनिधि हुन् ।

२०७४ सालको प्रदेश सदस्यमा आएको मतका आधारमा पनि आफु पालिकाको बलियो उम्मेदवार : चन्तराम थारु

महासमिति सदस्य चन्तराम थारुको नाम पनि अहिले बैजनाथ गाँउपालिका अध्यक्षमा चर्चामा रहेको छ । जिल्लामा लोकप्रिय युवा नेताको छवि बनाएका थारुले राजनितिमा सक्रिय रुपमा हुनुका साथै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् ।

लामो समय पार्टीमा सक्रिय रहेका थारुलाई धेरैले सम्भावना बोकेका युवा नेताका रुपमा चिन्छन् । गाउँपालिकाको अध्यक्षको उम्मेदवारी तयारीका लागि थारु अहिले घर दैलोमा पुगेर भोट मागिरहेका छन् । विगत लामो समयदेखि पार्टीको राजनीतिमा लागेका थारुले थुप्रै सामाजिक क्षेत्रका साथै पार्टीमा सक्रिय  थारु  नेताको छवि बनाएका नेता रुपमा लिइन्छन् ।

पालिकामा थारु समूदायको प्रमुख बासस्थान रहेको पालिकामा जित्ने आधारमा रुपमा लिन सकिन्छ । यसका साथै यस पालिकामा पुराना नेता रुपमा पनि थारुको नाम चर्चामा रहेको छ । २०७४ सालको निर्वाचनमा प्रदेशसभा (क) बाट प्रदेश सांसदको उम्मेदवार रहेका थिए । तर माओवादीका उम्मेदवारसंग झिनो मतले थारु पराजित भएका थिए । एमाले र माओवादी मिलेर चुनाव लड्दा पनि कम मात्रै मतान्तरले चुनावमा पराजित भएका थारुको प्रदेशसभा सदस्यमा १४ हजार ९ सय ८१ मत आएको थियो । भने माओवादीका उम्मेदवारभन्दा १६ हजार मतको मात्रै फरक थियो ।

२०४८ सालबाट नेविसंको क्षेत्रिय उपसभापति हुदै पार्टीको क्षेत्रिय उपसभापति पनि रहेका थिए । १३ औं मा महाधिवेशन प्रतिनिधि भएका थिए । १४ औं पनि महासमिति सदस्यको जिम्मेवारी पाएका छन् । गाउँपालिकामा शिक्षा, स्वास्थ्य, उद्यमशिलता लगायतका क्षेत्रमा परिवर्तनको आवश्यकता रहेको बताउँदै स्थानीयले थारुलाई उम्मेदवारी दिन आग्रह गरेको बुझिएको छ ।

युवाहरुलाई उत्साह दिने क्षमता रहेको छ : विनोद थारु

नेपाली कांग्रेस बाँकेका सहसचिव विनोद थारु पनि बैजनाथ गाँउपालिकाको अध्यक्षको दावेदार हुन् । कांग्रेसका एक जुझारु युवा नेताका रुपमा चिनिन्छन्, विनोद थारु । नेविसंघबाट राजनिति सुरु गरेका थारु युवाहरुमाझ लोकप्रिय नेताका रुपमा चिनिन्छन् भने जनतामाझ आफ्ना कुरा राखन सक्ने प्रष्ट वक्ताका रुपमा आफुलाई थारुले उभ्याएका छन् ।
भ्रष्टाचारमुक्त गाँउपालिका बनाउने आफ्नो उदेश्य रहेको थारुले बताए । पालिकाका विदेश जाने युवाहरुलाई स्वदेशमै रोजगार दिने वातावरण सिजर्ना गर्ने थारुको दावी छ ।

विनोद २०५५ सालमा पाटन संयुक्त क्याम्पसमा तराई विद्यार्थी परिवार र नेपाल विद्यार्थी संघको सदस्य भएका थिए । २०५९ मा त्रिचन्द्र क्याम्पस काठमाडौंमा नेपाल विद्यार्थी संघको क्याम्पस इकाई समिति सदस्य भए । २०६२र०६३ सालको १९ दिने जनआन्दोलनमा नेविसंघ त्रिचन्द्र क्याम्पसका तर्फबाट आन्दोलनमा सहभागी भएर दुई पटक गिरफ्तारीमा परेका थिए ।

तत्कालिन सशस्त्र द्धन्द्धका क्रममा उनले नेकपा माओबादीबाट दुःख पाएका थिए । पार्टीको राजनीतिसँगै सामाजिक अभियानमा पनि उनको त्यतिकै योगदान रहेको छ ।

विनोद २०७४ सालमा थारू कल्याणकारिणी सभा बाँकेको सभापतिमा निर्वाचित भएका थिए । २०७२ सालमा स्थानीय तह पुर्नसंरचनाका क्रममा बैजनाथ गाउँपालिका नामाकरण गर्दा संयोजक भएर प्रमुख भुमिका निभाएका थिए

Nabintech