कांग्रेसबाट बैजनाथ गाँउपालिकाकाे वडाअध्यक्षमा को-को भए शिफारिस( हेर्नुहोस सूचीसहित)


कोहलपुर । नेपाली कांग्रेस बैजनाथ गाँउपालिकाका ८ ओटै वडाले वडाअध्यक्षको उम्मेदवारको नाम पालिकामा शिफारिस गरेका छन् ।

गाँउपालिकाका ८ ओटै वडामा वडा भेला गरी वडा समतिले वडा अध्यक्षको नाम शिफारिस गरेका हुन् । वडा नंम्वर १ बाट कपिलजंग शाहको नाम शिफासि भएकाे छ । त्यस्तै वडा नं २ बाट हिम बहादुर खत्रीलाई शिफारिस भएको छ । भने वडा नं ३ बाट महेन्द्र थारु, निखिल बैगार र वडा सभापति भूमिसरा रानाकाे नाम शिफारिसका लागि पालिकामा पठाइएको छ । यस्तै वडा नंम्वर ४ ले प्रेम बहादुर शाहीको नाम शिफारिसका  लागि पठाइएको छ । ।

यस्तै वडा नं ५ ले ठग्गु नाथ योगीलाई  पठाइएको छ । भने  वडा नं ६ ले गगन बहादुर खत्री, डम्बर बहादुर रावत, र वडा सभापति कमानसिंह सुनार लगायत ७ जनालाई शिफारिस गर्ने बताइएको छ । यस्तै वडा नं ७ ले महाविर थारु, सिताराम थारु लगायतलाई शिफारिस गरेको छ भने वडा नं ८ मा भने केही निर्णय हुन सकेको छैन् ।

२०७४ को निर्वाचनमा बैजनाथ गााउपालिकामा २ वडा वडामा मात्रै विजयी भएको थियो । वडा नं ७ मा सिताराम थारु र वडा नं ८ मा भग्गन थारुको टिम विजयी भएको थियो ।

Nabintech