• ७ बैशाख २०८१, शुक्रबार
बैजनाथ गाँउपालिका वडा नं २ को वडाअध्यक्षमा कांग्रेसबाट खत्रीको नाम सिफारिश


कोहलपुर । बैजनाथ गाँउपालिका वडा नंम्वर २ को वडा अध्यक्षको उम्मेदवार कांग्रेसले टुंगो लगाएको छ ।

मंगलबार बसेको वडा समितिको भेलाले हिम बहादुर खत्रीलाई नेपाली कांग्रेसबाट वडा अध्यक्षको उम्मेदवार बनाउने सर्वसहमतिले निर्णय गरेको हो ।
२०४६ सालबाट जाजरकोटबाट पार्टीको राजनीति सुरु गरेका खत्री नेवि संघ हुदै राजनीति गरेका हुन् ।

यस्तै बाँकेमा तत्कालिन नौवस्ता गाविस हुदा प्रजातान्त्रिक कांग्रेसको सभापति र पार्टी मिल्दा पनि ८ बर्ष सभापति भएर पार्टीमा काम गरेका थिए । त्यस्तै पार्टीको ११ र १२ औं महाधिवेशनमा क्षेत्र नं ३ को क्षेत्रिय सदस्य भएर काम गरेका थिए भने यस्तै १३ औं महाधिवेशनमा प्रदेश (क)को सभापति र क्षेत्रको उपसभापति भएर काम गरीसकेका छन् ।

यसपटक कांग्रेसको माहोल राम्रो भएको र संगठन पनि बलियो भएका कारण आफु यसपटक विजयी हुने खत्रीको विश्वास छ ।
२०७४ को चुनावमा पनि खत्री कांग्रेसबाट वडा नं २ को वडाअध्यक्षको उममेदवार रहेका थिए तर एमालेका उम्मेदवार प्रेम थापासंग पराजित भए ।

२०७४ को चुनावमा खत्रीले ११५२ मत प्राप्त गरेका थिए । भने एमालेका उम्मेदवार प्रेम थापाले १६५२ मत प्राप्त गरेका थिए । करिव ४८३ भोटको फरक रहेको थियो भने उक्त वडामा ३९५ भोट बदर भएको थियो ।

Nabintech