स्वामीकार्तीक खापर गाउँपालिकाको अध्यक्षमा युवा नेता शाहीको दावेदारी


काठमाडौं । बाजुराको स्वामिकार्तीक खापर गाउँपालिकाको नेतृत्वका लागि कांग्रेसका युवा नेता सरोज बहादुर शाहीले आकांक्षा देखाउनुभएको छ ।

बैशाख ३० मा हुने स्थानीय तहको चुनावमा सो गाउँपालिकाको अध्यक्षमा शाहीके दावेदारी रहेको छ ।जिल्लामा लोकप्रिय युवा नेताको छवि बनाउनुभएका शाहीले राजनितिका साथै व्यापार व्यवसाय गरी सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।

जिल्लाको तरुण दलका नेता शाही कांग्रेस विदेश क्षेत्र समन्वय समितिका सदस्य पनि हुनुहुन्छ । नेपाली काँग्रेसको महाधिबेसन प्रतिनिधि खुल्ला तर्फ थोरै मतले पराजित उहाँलाई धेरैले सम्भावना बोकेका युवा नेताका रुपमा चिन्छन् ।

गाउँपालिकाको अध्यक्षको उम्मेदारीका लागि उहाँ अहिले घर दैलो कार्यक्रम गरिरहनुभएको छ । विगत लामो समयदेखि नेविसंघ, तरुणदल हुर्दै पार्टीको राजनीतिमा लाग्नुभएका शाही काठमाडौंको दरबार मार्गमा रहेको जुकोट दरबार रेस्टुरेन्टका सञ्चालक पनि हुनुहुन्छ ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको समयमा उहाँले काठमाडौं बाजुरामा सर्वसाधारणलाई धेरै सहयोग गर्नुभएको थियो । देशकै विकट गाउँपालिकामा रहेको सो गाउँपालिकामा शिक्षा, स्वास्थ्य, उद्यमशिलता लगायतका क्षेत्रमा परिवर्तनको आवश्यकता रहेको बताउँदै स्थानीयले उनलाई उम्मेदवारी दिन आग्रह गरेको बुझिएको छ ।

अध्यनमा पनि अब्बल मानिनुभएका शाहीले चित्रन्द्र कलेजबाट स्नातकोत्तर सम्मको अध्ययन गर्नु भएको छ । त्रिचन्द्र कलेजमा पनि उाँले नेविसंघको नेतृत्व गर्नुभएको छ । २०७४ स्थानीय निर्वाचनमा काँग्रेसबाट गाउँपालिका अध्यक्ष भरत रोकायालाई पूर्ण र एकताबद्ध रूपमा सहयोग गर्नुभ्एको थियो । युवा नेता शाहीले २०७४ मा गरेको सहयोग र हालै सङ्गठन निर्माणले रोकाया पनि सकारात्मक र सहयोग गर्ने पक्षमा देखिएको कार्यकर्ताको भनाइ छ।

Nabintech