• १६ चैत्र २०८०, शुक्रबार
होलीमा रङ्ग खेल्दा अनुहारको छाला जोउन यी कुरामा ध्यान दिनुहोस !


काठमाडौं । होली उत्साहको पर्व हो तर कहिलेकाहीँ गल्ती वा लापरवाहीका कारण रङ्गको यो पर्वका कारण मानिसले केही समस्या भोग्ने गरेका छन् ।

होलीको रङ्गहरूको पर्व हो, जसमा मानिसहरू विभिन्न प्रकारका सुख्खा र भिजेका रङ्गहरू खेल्छन्। एक अर्काको अनुहारमा रङ्ग लगाएर चाडपर्व मनाउने चलन रही आएको छ ।

होलीमा गरिने सानो गल्तीले तपाईको छालाको स्वास्थ्य बिगार्न सक्छ। मानिसहरूले बजारबाट जुनसुकै रङ्गहरू किन्छन्। तर यी रङ्गहरू केमिकलयुक्त हुन सक्छन्, जसले तपाईको छालामा गम्भीर असर पार्न सक्छ ।

होलीमा छालाको हेरचाह

पर्वहरुमा रमाइलो गर्दाको अलिकति लापरवाहीले तपाईको छाला बिगार्न सक्छ । स्वास्थ्य विज्ञहरूका अनुसार रसायनयुक्त रङ्गले छालामा एलर्जी हुने, सुख्खापन, दाग, जलन, चिलाउने, रातो दाग र पिम्पल आउने गर्छ ।

होलीको रङ्गसँगै आफ्नो छालाको स्वास्थ्यलाई जोगाउन केही कुरामा ध्यान दिनुपर्छ । रसायनयुक्त रङको प्रयोगले रसायन छालाको भित्री सतहमा पुगेर क्षति पुर्‍याउँछ । जसका कारण छालामा धेरै समस्या आउने गर्छ । छाला सुख्खा हुन सक्छ। रासायनिक रङ्गहरूसँग छालाहरु पोल्ने । दाग बस्ने र चिलाउने हुन सक्छ।

रङको प्रयोग गर्दा अपनाउनुहोस् यी सावधानी 

रासायनिक रङ्गको सट्टा गुणस्तरीय रङ प्रयोग गर्नुहोस्।
स्थायी वा फर्म रङ्गहरू प्रयोग नगर्नुहोस्।
पानीमा घुलिने रङ्गहरू प्रयोग गर्नुहोस्।
सुनौलो र चाँदीको रङ्ग छालाको लागि खतरनाक हुन्छ, यसको प्रयोग नगर्नुहोस्।
कपालमा रङ्ग लगाउनु हुँदैन । जसका कारण कपाल सुख्खा र कपाल झर्ने सम्भावना बढ्छ ।
सुख्खा रङ्गबाट टाढा रहनुहोस्।
आँखालाई रङ्गबाट बचाउनुहोस् ।

होली खेल्नुअघि यी कुरामा ध्यान दिनुहोस् :

यदि तपाईं रङ्गसँग होली खेल्न चाहनुहुन्छ भने सबैभन्दा पहिले आफ्नो छाला बचाउन केही तयारी गर्नुहोस्। छालामा थप मोइस्चराइजर लगाउनुहोस्। यसले छालाको नमी कायम राख्छ। रङ्ग छालाको भित्री भागमा पुग्दैन र यसलाई हटाउन सजिलो हुन्छ।
घाममा रासायनिक रङ्ग लगाएर होली खेल्दा छालामा जलन हुन्छ र छाला सुख्खा हुन्छ । यस्तो अवस्थामा सनस्क्रिन लोशन लगाएर मात्र बाहिर निस्कनुहोस्। ताकि सुरक्षात्मक तह तपाईको छालामा रहन्छ।
अनुहारको साथसाथै कपालको पनि ख्याल राख्नुहोस् र टाउकोमा नरिवलको तेल लगाउनुहोस्। जसले गर्दा कपाल रंगाएपछि पनि यसलाई सुख्खा हुनबाट बचाउन सकिन्छ ।

Nabintech