गृहमन्त्रीका स्वकीय सचिव डि.सी.ले सामाजिक काम गरी जन्मदिन मनाए


काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव सन्तोष डि.सी.ले आफनो जन्मदिन सामाजिक क्षेत्रमा सहयोग गरी मनाएका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ७ का स्थायी बासिन्दा डि।सी। ले जन्मदिनको अवसरमा आफुले अध्ययन गरेको विद्यालय तथा क्रिकेट क्लबलाई मंगलबार शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेका हुन् ।

डि.सी.ले तिलोत्तमाका वडा नम्बर ९ स्थित गौतमबुद्ध माध्यमिक विद्यालय र सृजनशिल अनाथ आश्रमका ९० जना विधार्थीहरुलाई सहयोग स्वरुप शैक्षिक सामाग्री वितरण गर्नुभएको विद्यालयका शिक्षक डिल्लीराम गैरे जानकारी दिए । त्यस्तै, जन्मदिनको अवसरमै डि।सी।ले तिलोत्तमा नगरपालिका वडा नम्बर १४ मा रहेको क्रिकेट क्लबललाई खेलकुद सामग्री सहयोग गरेका छन् ।

डि.सी.ले जन्मदिनमा फर्जुल खर्च गर्नु भन्दा सो खर्च शिक्षामा गरेको सहयोगले शैक्षिक उन्नयनमा टेवा दिन पुग्ने बताए । अहिलेका विद्यार्थीहरु भोलिका कर्णाधार भएकाले शिक्षाबाट जो कोही पनि वञ्चित हुन नहुनेमा जोड  दिए ।

उनले खेलकुद क्षेत्रको विकासका लागि विद्यार्थी खेलाडीहरुलाई प्रोत्साहन गर्न खेलकुद सामग्री समेत प्रदान गरेको बताए । सामाजिक काममा सक्रिय भएर जनताका माझ लोकप्रिय बनेका डि।सी। नेपाल विद्यार्थी संघ रुपन्देही जिल्लाका निवर्तमान सभापति तथा हाल गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव हुन् ।

Nabintech