कांग्रेस जिल्ला नेतृत्वमा संस्थापनको पकड बलियो, ४२ जिल्लामा देउवा र ३३ जिल्लामा कोइराला समूहका सभापति विजयी

कुन जिल्लामा कुन पक्षबाट विजयी ? (सूचीसहित)



काठमाडौं । नेपाली कांग्रेसको केन्दीय नेतृत्वको महाधिवेशन सकिएको करिब तीन महिना पुग्नै लाग्दा आइतरबार जिल्ला अधिवेशन सम्पन्न गरी १४ औं महाधिवेशन  सम्पन्न भएको छ ।

आइतबार सिन्धुपाल्चोक, बारा र सर्लाहीको अधिवेशनले नयाँ नेतृत्व चयन गरेसँगै कांग्रेसको ७७ ओटै जिल्लाको अधिवेशन सकिएको हो ।

कोराना महामारी,आन्तरिक विवाद र मौसमको प्रतिकूलतका कारण १६ वटा जिल्लाको अधिवेशन महाधिवेशन भन्दा पछि सम्पन्न गर्ने निर्णय कांग्रेसले गरेको थियो ।

७७ वटै जिल्लामा अधिवेशन सकिंदा सभापति शेरबहादुर देउवा पक्ष सभापतिमा बलियो देखिएको छ । यद्यपि केही जिल्ला सभापति भने सभापति देउवा र शेखर पक्षले आ आफ्नो निकट भएको दाबी गरेका छन् ।

नेताहरुको दाबी अनुसार देउवा पक्षले ४२ र डा.शेखर कोइराला पक्षले ३३ जिल्लामा सभापति जितेको छ । पार्टीमा तेस्रो समूहको रुपमा परिचित नेता कृष्णप्रसाद सिटौला पक्षका दुई जनाले जिल्ला सभापतिमा जीत निकालेका छन् ।

१३ औं महाधिवेशनमा भन्दा देउवा पक्ष अहिले तुलनात्मक रुपमा बलियो देखिएको छ । तत्कालीन समयमा ४२ जिल्ला सभापति नेता रामचन्द्र पौडेलको पक्षमा उभिएका थिए ।

देउवा पक्षबाट विजयी जिल्ला सभापतिहरु

१. पाँचथर- रूपनारायण जवेगु
२. ताप्लेजुङ- गजेन्द्रप्रसाद तुम्याहाङ
३. ओखलढुंगा- तेजेन्द्र खनाल
४. लमजुङ- टकराज गुरूङ
५. सल्यान- केशवबहादुर विष्ट
६. डोल्पा- दीपेन्द्रबहादुर शाही
७. डडेल्धुरा- भीमबहादुर साउद
८. म्याग्दी- खमबहादुर गर्बुजा
९. मुगु- ऐनबहादुर शाही
१०. मनाङ- शंकर गुरूङ देउवा
११. हुम्ला- मोहनविक्रम सिंह
१२. बझाङ- खड्क बोहरा
१३. रामेछाप- पूर्णबहादुर -कान्छाराम) तामाङ
१४. जुम्ला- कर्णबहादुर शाही
१५. जाजरकोट- बेदराज सिंह
१६. डोटी- नरेन्द्रबहादुर सिंह
१७. रूकुम- प्रेमप्रकाश वली
१८. पर्वत- युवराज जोशी
१९. इलाम- डम्बरबहादुर खड्का
२०. सुर्खेत- खड्ग पोखरेल
२१. रूपन्देही- रामकृष्ण खाण
२२. कास्की- किशोरदत्त बराल
२३. काभ्रे- तीर्थ लामा
२४. तनहुँ- जितप्रकाश आले
२५. ललितपुर- जितेन्द्रकुमार श्रेष्ठ
२६. कञ्चनपुर- पदम बोगटी
२७. उदयपुर- हिमाल कार्की
२८. भक्तपुर- दुर्लभ थापा
२९. बर्दिया- अरूणप्रकाश सिंह राठौर
३०. सोलुखुम्बु- नाम्गेल जाङ्बु शेर्पा
३१. रसुवा- पेम्वाछिरिङ तामाङ
३२. धनकुटा- दिनेश राई
३३. कैलाली- नारायणदत्त भट्ट
३४. मकवानपुर- बुद्ध लामा
३५. पर्सा- जनार्दनसिंह क्षेत्री
३६. सर्लाही- सुरेन्द्रप्रसाद सिंह
३७. रौतहट- सुनिलकुमार यादव
३८. अछाम- पुष्पबहादुर शाह
३९. बारा- राजेश राय यादव
४०.सिरहा- रामचन्द्र यादव
४१. धनुषा- योगेन्द्र पजियार
४२. सिन्धुपाल्चोक- जंगबहादुर तामाङ

शेखर पक्षबाट विजयी जिल्ला सभापतिहरु

१. तेह्रथुम-अर्जुन तुम्बाहाम्फे
२. खोटाङ- विष्णुकुमार राई
३. रोल्पा- किशोर आचार्य
४. भोजपुर- विनोद वान्तवा
५. प्युठान- विष्णुकुमार गिरी
६. अर्घाखाँची- केशव श्रेष्ठ
७. काठमाडौं- कृष्णसबुज बानियाँ
८. बैतडी- चतुरबहादुर चन्द
९. दोलखा- बर्मा लामा
१०. गोरखा- नन्दप्रसाद न्यौपाने
११. कालिकोट- अम्बबहादुर शाही
१२. संखुवासभा- दीपक खड्का
१३. रूकुमपूर्व- केशरमान रोका
१४. मुस्ताङ- रोमीगौचन थकाली
१५. बाजुरा- रामसिंह रावल
१६. नुवाकोट- रमेश महत
१७. नवलपरासी पश्चिम- अर्जुनकुमार पोखरेल
१८. पाल्पा- हिमालदत्त श्रेष्ठ
१९. स्याङ्जा- राजु थापा
२०. दार्चुला- ललितसिंह बोहरा
२१. दाङ- शंकरप्रसाद डाँगी
२२. दैलेख- मणिराम रेग्मी
२३. गुल्मी- खिलध्वज पन्थी
२४. धादिङ- रामनाथ अधिकारी
२५. सुनसरी- केदार भण्डारी
२६. कपिलवस्तु- अब्दुल कलाम खाँ
२७. चितवन- राजेश्वर खनाल
२८. महोत्तरी- नागेश्वर यादव
२९. सिन्धुली- उपेन्द्र पोखरेल
३०. सप्तरी- रामदेव साह
३१. मोरङ- डिगबहादुर लिम्बू
३२. बाँके – नारायण गौडेल
३३. नवलपुर- महेन्द्रध्वज जिसी

सिटौला पक्ष

१. झापा- देउमान थेबे
२. बागलुङ- जित शेरचन

 

Nabintech