• ७ बैशाख २०८१, शुक्रबार
कांग्रेसले आजबाट सुरु गर्यो ७७ वटै जिल्लामा स्थानिय तह जिताउन चुनावी अभियान


काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेसले ७७ वटै जिल्लामा एकैसाथ चुनावी अभियान थालेको छ ।
सरकारले स्थानीय तह निर्वाचन गर्ने मिति तोकेर तयारी अघि बढाएपछि ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ भन्ने नारासहित कांग्रेस नेताहरू गाउँ पुगेका छन् ।

वडा तहसम्म पार्टी संगठन मजबुद बनाउन र पार्टीको पक्षमा चुनावी माहोल तयार गर्न कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय नेताहरूलाई प्रतिनिधिको रुपमा खटाएको छ । केन्द्रीय प्रतिनिधि नेताहरूको उपस्थितिमा आइतबार देशभरि जिल्लास्तरीय सभा गरेर कांग्रेसले एक महिने चुनावी अभियान घोषणा गरेको छ । जिल्ला कार्यसमितिहरूले वडा र टोल–टोलसम्म पुगेर चुनावीसभा गर्ने योजना बनाएका छन् भने टोल कार्यसमितिहरूलाई घरदैलो गर्न निर्देशन गरेको छ ।

कांग्रेसले अभियानमार्फत नेकपाको सरकारले गत तीन वर्षे कार्यकालमा गरेका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष भण्डाफोर गर्ने भनेको छ ।

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको बैठकमा कम्युनिस्ट सरकारले गरेका जनविरोधी काम र असंवैधानिक कदमको बारेमा संयमित र सभ्य ढंगबाट जनताका माझमा राख्न निर्देशन गरेका थिए ।

Nabintech