• १४ बैशाख २०८१, शुक्रबार
नेपालमा अहिले कुनै पनि पार्टीले एकल बहुमत ल्याउन सकने अवस्था छैन् : सभापति देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनका दलहरूसँग चुनावी तालमेल गरेर जाने संकेत गर्नुभएको छ ।

बिहीबार काँग्रेस पर्साको वीरगञ्जमा नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कुनै पनि पार्टीले एक्लै बहुमत ल्याउन सक्ने अवस्था नरहेको पनि दावी गर्नुभएको छ । गठबन्धनले स्वीकार गरेर आफू प्रधानमन्त्री बनेको देउवाको भनाइ थियो।

‘गठबन्धनका साथीहरूलाई वेवास्ता गर्ने कुरा छैन, स्थानीय तहदेखि चुनावमा गठबन्धनका साथीहरूसँग छलफल गरेर चुनावमा जाने समेत बताउनुभएको छ ।

उहाँले गठबन्धन र विपक्षी एमालेलाई पनि चिड्याउने कुरा नगर्न आग्रह गरेका थिए।  यस्तै प्रधानमन्त्री  देउवाले एमसीसी सम्झौताअनुसार आउने अनुदान वापतको रकमले देश विकास र रोजगार बढाउने बताएका छन् ।

एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको रकमले देशको विकास र रोजगार बढाउन सहयोग गर्ने दाबी गरेका हुन् ।  एमसीसीबाट आउने रकम ऋण होइन अनुदान हो,’ प्रधानमन्त्री देउवाले भने, ‘यसले देशको विकास र रोजगार बढाउँछ ।’

 

 

Nabintech