• ७ बैशाख २०८१, शुक्रबार
लुम्बिनीबाट राष्ट्रियसभामा सदस्यमा सत्ता गठबन्धनका युवराज शर्मा विजयी


काठमाडौं । लुम्बिनीको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

लुम्बिनीमा तीन रिक्त पदमा एमालेका उम्मेदवारलाई हराउँदै सत्ता गठबन्धनबाट खु्ल्ला सदस्यमा नेपाली कांग्रेसका युवराज शर्मा, महिला सदस्यमा नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र दलित सदस्यमा राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिश्वकर्मा निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ

बुधबार भएको निर्वाचनबाट  नेकपा (एमाले)का तर्फबाट उमेदवार बनेका रामदयाल गुप्तालाई पराजित  गर्दै शर्मा राष्ट्रियसभा सदस्यमा विजयी भएका हुन् ।

सत्ता गठबन्धनको सहयोगमा शर्माले ४३४४ मतभार प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रामदयाल गुप्ताले ३३७८ मतभार पाए ।

त्यस्तै महिलातर्फकी उम्मेदवार गैरेले ४,३७४ र उनकी प्रतिद्वन्द्वी एमालेकी भारती खनालले ३,३१२ मतभार प्राप्त गरेकी छन् । दलिततर्फ विश्वकर्माले ४३५६ मतभार र प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर सुनारले ३३४८ मत प्राप्त गरेका छन् ।

निर्वाचनमा प्रदेश सभा सदस्य एक बराबर ४८ र स्थानीय तह तर्फ एक सदस्य बराबर १८ मतभार तोकिएको छ । स्थानीय तहका प्रमुख र उपप्रमुख गरी  २१३ मत र प्रदेशसभा सदस्यको ८१ खसेको थियो ।

Nabintech