• १३ बैशाख २०८१, बिहीबार
खुमबहादुरकी श्रीमती शिला खड्का कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित


काठमाडौं । नेपाली कांग्रेसका स्व. नेता खुमबहादुर खड्काकी श्रीमती शिला शर्मा खड्का लुम्बिनी प्रदेश तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।

मंगलबार सार्वजनिक मतपरिणामअनुसार खड्काले ले २९२८ मत प्राप्त गरेका छीन् । लुम्बिनी प्रदेशबाट एक सिटका लागि भएको महिला सिटमा खड्का विजयी भएकी हुन् ।

नेपाली कांग्रेस विभाजन हुँदा प्रजातान्त्रिक कांग्रेसमा रहेर खड्काले प्रधानमन्त्री शेरबहादुर देउवालाई सहयोग गरेका थिए। शिला १३ औं महाधिवेशनमा पनि मनोनित पार्टीको केन्द्रीय सदस्य नै हुन्।

 

 

 

Nabintech