कांग्रेस केन्द्रीय सदस्यमा राजीव विक्रम शाह निर्वाचित

हृदयराम थानी एक मतले पराजित 



काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेशका तर्फबाट केन्द्रीय समितिमा राजीव विक्रम शाह र कर्णबहादुर बूढा निर्वाचित भएका छन् ।

मंगलबार सार्वजनिक मतपरिणामअनुसार शाहले २८२० मत प्राप्त गरेका छन् भने बूढाले २०० मत प्राप्त गरेका छन् ।

त्यसैगरी हृदयराम थानीले २१९९ मत प्राप्त गरेका छन् । थानी पराजित भएका छन् ।

कर्णाली प्रदेशबाट एक सिटका लागि भएको महिला सिटमा जानकी सिंह विजयी भएकी छन् । उनले २६२४ मत प्राप्त गरेकी छन् भने मैना कार्कीले १९५५ मत प्राप्त गरेकी छन् ।

Nabintech