• ७ बैशाख २०८१, शुक्रबार
कोहलपुर कांग्रेसको नगर सभापतिमा संस्थापन इतरका विरेन्द्र शाह निर्वाचित


कोहलपुर । नेपाली कांग्रेस कोहलपुर नगरपालिकाको नगर सभापतिमा विरेन्द्र कुमार शाह निर्वाचित भएका छन् ।

नगरमा  संस्थापन  पक्ष र संस्थापन इतर पक्ष दुई प्यानल नै बनाइ मैदानमा उत्रिएका थिए । निर्वाचित शाह संस्थापन यतर पक्षका हुन् भने उनका  प्रतिद्वन्दी राजेन्द्र श्रेष्ठ संथापन पक्षका नेता हुन् । शाहले श्रेष्ठलाई १६ मतान्तरले हराउँदै शाह नगर सभापतिमा निर्वाचित भएका हुन् ।  शाहले १६० मत पाए भने श्रेष्ठले १४४ मत पाएका छन् । शाहसहित उनको पूरै प्यानल नै निर्वाचित भएको छ ।

उपसभापतिमा संस्थापन इतर समूहबाटै भरत शर्मा र सुशील सापकोटा विजयी भएका छन् । शर्मा र सापकोटाले बराबर १ सय ६७ मत पाएका छन् । उनीहरुका प्रतिद्वन्दी चेतकान्त भट्टराईले १ सय ३९ र अंशुमान चौधरीले १सय २८ मत पाए ।

सचिवमा शाह प्यानलकै बालकुमार शर्मा र गोविन्द वाग्ले निर्वाचित भएका छन् । शर्मा र वाग्लेको पनि बराबर १ सय ८१ मत नै पाएका छन् । उनीहरुका प्रतिद्वन्दी भूमबहादुर भण्डारीले १सय ३२ मत र भुपेन्द्र शाहीले १ सय ६ मत पाए ।

त्यस्तै सहसचिवमा महेश कुमार चौधरी १ सय ७७ र रामु लम्साल १ सय ५० मतका साथ विजयी भएका छन् । प्रतिद्वन्दी कृष्णकुमार पुन मगर १ सय ३८ र कमल बहादुर शाहीले १सय २९ मत पाए ।

Nabintech