• १३ बैशाख २०८१, बिहीबार
बैजनाथ गाउँपालिको कांग्रेस सभापतिमा देवबहादुर खत्री (केसी)निर्वाचित

उपसभापतिमा शाह र थारु, सचिवमा कुँवर र बुढामगर



कोहलपुर । नेपाली कांग्रेस बैजनाथ गाउँपालिका सभापतिमा देवबहादुर खत्री(केसी)६८ प्राप्त गरेर विजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी केशर खड्काले ३९ र रामबहादुर बिष्टले २७ मत प्राप्त गरे । यस्तै उपसभापतिमा सुरबिक्रम शाहले ८३ र गोपाल थारुले ७० मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी दुर्गाबहादुर घिमिरे क्षेत्रीले ५८ र महेन्द्रबहादुर थारुले ५८ मत ल्याए ।

यसैगरी सचिवमा टंकबहादुर बुढामगरले ७३ र कृष्णबहादुर कुँवरले ६८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी महाविर थारुले ६४ र बसन्तकुमार रावतले ५९ मत प्राप्त गरे । सह(सचिवमा रुपा चौधरीले ९७ र पवनकुमार पुनमगरले ९० मत ल्याएर विजयी भऐ ।

उनका निकटतम प्रतिस्पर्धी नैनसरा रावतले ५४ र उत्सव रानाक्षेत्रीले ११ मत ल्याएको र प्रदेश सभा क्षेत्रीय अधिवेशन प्रतिनिधीमा २ जना निर्विरोध निर्वाचित भएको मतदान अधिकृत गणेशप्रसाद थारुले जानकारी दिए । बैजनाथमा खसेको कुल १ सय ४९ मत मध्ये शत प्रतिशत खसेको र ८ मत बदर भएको उनले बताए ।

Nabintech