• १४ बैशाख २०८१, शुक्रबार
कांंग्रेस महाधिवेशन: कुन पदमा उम्मेदवारी दिन कति लाग्छ शुल्क ? (सूचीसहित)


काठमाडौं । नेपाली काँग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ।

कांंग्रेसले १४ औं महाधिवेशनका लागि पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको छ । कांंग्रेसले वडादेखि केन्द्रीय सभापतिसम्मको उम्मेदवारी दर्ता गर्दा शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ ।

सोही अनुसार गाउँपालिका र नगरपालिका भित्रका वडा कार्यसमितिमा उम्मेदवारका लागि पनि शुल्क तोकिएको छ। वडा सभापति पदका लागि पाँच सय, उपसभापति, सचिव र सहसचिवका लागि तीन सय, प्रदेश सभा क्षेत्रीय प्रतिनिधिका लागि पाँच सय र सदस्य पदको लागि एक सय रूपैयाँ शुल्क तोकिएको हो । काँग्रेस निर्वाचन समितिका अनुसार वडा अधिवेशन करिब सबै जिल्लामा सकिएको छ ।

गाउँपालिका कार्यसमितिका लागि सभापतिका लागि दुई हजार, उपसभापति, सचिव र सहसचिवका लागि एक हजार र सदस्यको निर्वाचनका लागि पाँच सय शुल्क तोकिएको छ । यस्तै नगर सभापतिमा उम्मेदवार हुँदा चार हजार, उपसभापति र सचिवका तीन हजार, सहसचिवका लागि दुई हजार र सदस्यलाई एक हजार शुल्क निर्धारण गरिएको छ ।

काँग्रेसले महानगरपालिका र उपमहानगरपालिका अन्तर्गत सभापतिका लागि पाँच हजार शुल्क तोकेको छ । यस्तै उपसभापति र सचिवका लागि तीन हजार शुल्क निर्धारण गरिएको छ । काँग्रेसको पालिका स्तरको अधिवेशन अन्तिम चरणमा छ । कात्तिक ३० गते १४ जिल्लामा पालिका अधिवेशन सम्पन्न गर्न तयारी छ । यसअघि ६३ जिल्लामा पालिका अधिवेशन सम्पन्न भइसकेको छ । उक्त जिल्ला केही पालिकामा रोकिएको अधिवेशन पनि मंगलबार नै हुने कार्यतालिका छ ।

प्रदेश सभा क्षेत्रीय कार्यसमितिमा सभापतिलाई पाँच हजार, उपसभापति र सचिवलाई तीन हजार, सहसचिवलाई दुई हजार पाँच सय र सदस्यलाई दुई हजार शुल्क लाग्ने छ। प्रदेश सभा क्षेत्रीय अधिवेशन मंसिर ३ गतेका लागि तय गरिएको छ । १३ जिल्लामा यसअघि नै अधिवेशन भइसकेको छ ।

प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति सभापतिलाई सात हजार, उपसभापति र सचिवलाई पाँच हजार, सहसचिवलाई चार हजार र सदस्यलाई दुई हजार शुल्क निर्धारण गरिएको छ ।

साथै जिल्ला कार्यसमिति सभापति निर्वाचनलाई १० हजार, उपसभापति र सचिवका लागि सात हजार, सहसचिवका लागि छ हजार र सदस्यका लागि तीन हजार शुल्क लाग्नेछ। मंसिर ६ गते प्रतिनिधिसभा क्षेत्रीय र एक निर्वाचन भएको जिल्ला अधिवेशन हुने छ । मंसिर १० गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन हुने छ ।

प्रदेश महाधिवेशन प्रतिनिधिका लागि तीन हजार, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि पाँच हजार र केन्द्रीय महासमिति सदस्य पदको निर्वाचनका लागि सात हजार रुपैयाँ शुल्क लाग्ने छ।

प्रदेश सभापति पदका लागि १५ हजार, उपसभापति, महामन्त्री र सहमहामन्त्री उम्मेदवारले ११ हजार र सदस्यका लागि पाँच हजार शुल्क तिर्नुपर्छ।

यस्तै काँग्रेसले केन्द्रीय सभापति पदमा उम्मेदवारी दिन ३० हजार रुपैयाँ शुल्क तिर्नु पर्ने छ । उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार, केन्द्रीय सदस्यको उम्मेदवारी दर्ताका लागि १० हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने हुन्छ। मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुने छ भने मंसिर २४–२६ मा काँग्रेसले १४ औं महाधिवेशन गर्ने छ ।

महाधिवेशनबाट काँग्रेसमा सभापति १, उपसभापति २ महामन्त्री २ सहमहामन्त्री ८ ९क्लस्टर० निर्वाचन मार्फत् नै चुन्ने व्यवस्था गरेको छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्ये एक जना सभापतिको प्रस्तावमा केन्द्रीय कार्यसमितिबाट अनुमोदन हुने गरी चयन गरिने व्यवस्था छ।

Nabintech