बैजनाथ गाँउपालिकाका अधिकाशं वडा सभापति सहमतिबाटै चुनिदै, वडा नम्वर ४ मा सुरेश चन्दको दावेदारी !

को-को छन् त वडा सभापतिका सम्भावित दावेदार (हेर्नुहोस सूचिसहित )



बैजनाथ । बाँकेको बैजनाथ गाउँपालिकाका अधिंकाश वडाहरु सर्वसहमतिबाट वडा सभापती टुङ्ग्याइने भएको छ ।

नेपाली कांग्रेसल पछिल्लो तालिकाअनुसार कार्तिक २७ वते वडा अधिवेशन तोकिएपनि बाँकेमा भने कार्तिक २८ गते मात्रै वडा अधिवेशन हुने भएको छ । बाँकेको बैजनाथ गाँउपालिकाका अधिकाशं वडामा सर्वसहमति अनुसार वडा सभापति लगायत क्षेत्रिय प्रतिनिधि चयन गरीने भएको छ ।

बैजनाथ गाँउपालिकाको ७ वडामा सहमतिबाट वडा सभापति तथा क्षेत्रिय प्रतिनिधि चयन हुने भएका छन् भने  वडा नम्वर ८ मा मात्रै चुनाव हुने सम्भावना रहेको छ । गाँउपालिकाको ८ वडा मध्ये ६ वडा वडामा पुरुष सभापतिको नामममा सहमति भएको छ भने एउटा वडामा महिलालाई वडा सभापति निर्वाचित हुने भएका छन्।
वडा नंम्वर १ मा नन्ददिन शाही,वडा नंम्वर २ मा नेत्रबहादुर थापा,वडा नंम्वर ३ मा भूमिसरा राना र वडा नंम्वर ४ मा सुरेश चन्द रहनुभएको छ ।
यस्तै वडा नम्वर ५ मा रामनाथ यौगी,वडा नंम्वर ६ मा कमानसिंह थारु,वडा नंम्वर ७ मा बलिराम थारुको नाममा सहमति भएको छ । भने वडा नंम्वर ८ मा निर्वाचन हुने सम्भावना रहेको छ । वडा सभापतिमा महादेव थारु र शुक्र रावतविच चुनाव हुने सम्भावना बढेको छ ।

यस्तै मंसीर १ हुने गाँउपालिका सभापतिमा युवा नेता केसर खड्का, देबहादुर केसी र राम बहादुर विष्टको दावेदारी रहेको छ ।

Nabintech