बाँके कांग्रेसको वडा अधिवेशन निर्वाचन कार्यतालिका सार्वजनिक( तालिकासहित)


बाँके । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि कार्तिक २८ गते हुने बाँकेको वडा अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

निर्वाचन समितिका सदस्य वरिष्ठ अधिवक्ता भोला सिंह हमालका अनुसार प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत र २ जनासम्म सहायक मतदान अधिकृत खटाइएको बताउनुभयो ।

बाँकेका ८ वटै स्थानीय तहका ८१ वटा वडाबाट मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई नेपालगन्जमा बिहिबार र शुक्रबार अभिमुखिकरण तालिम दिइएको थियो । तालिम समापन गरी मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सामाग्री दिएर कार्यक्षेत्रमा खटाइएको छ ।

बाँकेको वडादेखी जिल्ला तहसम्मको संशोधित निर्वाचन तालिका अनुसार कात्तिक २८ गते वडा, मंसिर १ गते गाउँपालिकारनगरपालिका, मंसिर ४ गते प्रदेश सभा, मंसिर ७ गते क्षेत्र र मंसिर ११ गते जिल्लाको निर्वाचन हुनेछन् ।

यस्तो छ निर्वाचन कार्यतालिका :

  •  शनिबार बिहान १० बजे ८१ वटै वडाका मतदान केन्द्रमा प्रथम मतदाता नामावली प्रकाशन
  •  शनिबार  बिहान नै ११ः१५ बजे संशोधनपछि मतदाता नामावली प्रकाशन
  • शनिबार बिहान ११ः२० देखी ३ बजेसम्म उम्मेदवारी मनोनयन
  • शनिबार दिउँसो ३ः५० बजे प्रथम उम्मेदवारको नामावली प्रकाशन
  • शनिबार अपरान्ह ३ः५५ देखी ४ अपरान्ह सम्म उम्मेदवारीमाथी विरोध संशोधन गरिने
  • शनिबार अपरान्ह ४ बजे उम्मेदवारको दावी विरोधपछिको संशोधित नामावली प्रकाशन,
  • शनिबारअपरान्ह  ४ः५ बजेदेखी ६ बजेसम्म उम्मेदवारी फिर्ता,
  • शनिबार बेलुका ६ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन,
  • कात्तिक २८ गते (आइतबार) बिहान ९ बजेदेखी दिउँसो ४ बजेसम्म मतदान र मतदान पश्चात गणना तथा मत परिणाम घोषणा गरिने ।

Nabintech