• १५ चैत्र २०८०, बिहीबार
तिहार विदा मनाउन हुम्ला गएका सयौँ विद्यार्थीले हवाइ टिकट नपाउँदा सदरमुकामै अलपत्र


काठमाडौं । सवारीका लागि हवाइजहाजको अर्को विकल्प नभएको हिमाली जिल्ला हुम्लामा दसैँ मनाउन गएका सयौँ विद्यार्थी १० दिनदेखि सदरमुकाममा अलपत्र परेका छन् ।

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाबाट नेपालगञ्ज, सुर्खेत आउने विद्यार्थीहरू टिकट नपाउँदा अलपत्र परेका हुन् ।

सर्केगाड गाउँपालिका १ जैरका तेजबहादुर रोकायाले १० दिनदेखि हवाइ टिकट नपाउँदा आफूसँग भएको सबै रुपैयाँ सकिन लागेको बताए ।  सोही गाउँपालिकाका नन्ददेव कार्कीले १० दिनदेखि टिकट पाएका छैनन् । मंसिर ६ गतेदेखि उनको स्नातकोत्तरको परीक्षा छ ।तर, दैनिक विमानस्थल धाउँदा पनि टिकट नपाएपछि टिकटको व्यवस्था मिलाइदिन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेका छन् ।

आफ्ना मानिसलाई सुटुक्क टिकट वितरण गरेर उडाउने गरेको विद्यार्थीहरूको आरोप छ । टिकट बेच्नेहरूले मनपरी भाडा असुल्ने गरेको पनि उनीहरूको भनाइ छ । जिल्ला प्रशासन कार्यालय हुम्लाले प्रशासनमा गुनासो गर्ने अत्यावश्यक विद्यार्थीहरूलाई सिफारिस गरेर पठाउने गरिएको जनाएको छ । प्रशासनको  प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले फ्लाइटको तुलनामा प्यासेन्जरको चाप बढी हुँदा समस्या आएको बताए ।

प्रशासनले टिकट कालोबजारी नभएको दाबी गरेको छ । प्रजिअ आचार्यकाअनुसार फ्लाइट कम भएकाले टिकट नपाएको गुनासाहरू प्रशासनसम्म आएका छन् । टिकटमा ठगी भयो भनेर कुनै गुनासो आएको छैन ।

हुम्लामा हवाइजहाजमै ओहोरदोहोर गर्नुपर्ने भएकाले पटकपटक टिकट नपाउने समस्या आउँदा कैयौँपटक यात्रुहरू सदरमुकाममा अलपत्र पर्ने गरेका छन् ।

Nabintech