कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही कर्णालीको मुख्यमन्त्रीमा नियुक्त


सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही नियुक्त भएका छन् ।
उनले मंगलबार राति प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट शपथ ग्रहण गरिसकेका छन् । नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको समर्थनमा शाही मुख्यमन्त्री बनेका हुन् ।
यसअघिका माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्र शाहीले पदबाट राजीनामा दिएपछि कांग्रेसका जीवन शाहीले मंगलबार दिउँसो प्रदेश प्रमुख कलौनी समक्ष दाबी पेस गरेका थिए। जीवन शाहीले प्रदेशसभामा २१ सांसद्‍को समर्थन पाएका छन् ।

शाही यसअघि २०७३ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका थिए । कर्णालीमा कांग्रेसका प्रभावशाली नेताको रुपमा चिनिने शाही पछिल्लो पटक हुम्लाबाट सांसद् बनेका थिए । शाही कर्णाली प्रदेशसभामा कांग्रेसको तर्फबाट एक मात्र प्रत्यक्ष निर्वाचित सांसद् समेत हुन् ।

Nabintech