• १३ बैशाख २०८१, बिहीबार
डीभी भर्न रातभरी पासपोर्ट बनाउनेको लाइनमा !


काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डीभी) भर्नेहरु रातभरी राहधानी विभागको लाइनमा बस्ने गरेका छन् ।

अमेरिकी सरकारले केही वर्षदेखि डीभी भर्न पासपोर्ट अनिवार्य गरेसंगै नारायणहिटीस्थित राहदानी विभागमा पासपोर्ट बनाउनेहरु भीड अत्याधिक बढेको छ ।

अहिले ‘ईडीभी २०२३’ खुला छ ।असोज २० देखि खुलेको ईडीभी फारम २३ कात्तिकसम्म भर्न सकिन्छ ।

विभागका प्रशासन महाशाखा प्रमुख डिल्लीराम आचार्यका अनुसार सरकारले विद्युतीय राहदानी ९ईपासपोर्ट० जारी गर्न तयारी गरीरहेको छ । तर तर मानिसहरु डिभी भर्नककै लागि रातदिन नभनि बसेर भएपनि पासर्पोट बनाउन विभागमा धाइरहेका छन् ।

डीभी भर्नेहरु पासपोर्ट लिन आएपछि विभागमा पछिल्ला दिनमा पासपोर्टको लागि दैनिक तीन हजारभन्दा बढी आवेदन परिरहेको विभागको भनाइ छ ।

आइतबार राहदानी विभाग अगाडिको लाइन लैनचौर चोक हुँदै उत्तर ढोकासम्म पुगेको थियो । तर मुख्य रुपमा भने डीभी भर्नका लागि नै सेवाग्राहीहरु लाइनमा आएको विभागको अनौपचारिक अध्ययनमा देखिएको छ ।

Nabintech