• १४ बैशाख २०८१, शुक्रबार
प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार सर्वोच्चमै धर्नामा बस्ने


काठमाडौँ। नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आइबारबाट धर्ना दिने भएको छ ।

नेपाल बारको केन्द्रीय कार्यसमिति बैठकले न्यायालय शुद्धिकरणका लागि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने निष्कर्षसहित आगामी बुधबारसम्म कालोपट्टि बाँधेर धर्ना दिने निर्णय गरेको बारका महासचिव लिलामणी पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरी प्रधानन्यायाधीश जबरालाई आफ्नो लागि इजलास नतोक्न पनि आग्रह गरेको छ । त्यसैगरी आइतबार आन्दोलनको रणनीति बनाउन बारले देशैभरका ९० वटा इकाइसँग भर्चुअल अन्तरक्रिया गर्नेसमेत निर्णय गरेको छ । त्यस्तै बैठकले सबैलाई न्यायालय शुद्धिकरण अभियानमा नेपाल बारले सुरु गरेको आन्दोलनमा सहयोग गर्न आग्रह गरेको छ । बुधबारसम्म प्रधानन्यायाधीश जबराको राजीनामा नआएमा नेपाल बारले आन्दोलनको थप कार्यक्रम सार्वजनिक गर्ने महासचिव पौलेलले बताउनुभयो ।

नेपाल बारले यसअघि नै प्रधानन्यायाधीश जबराले न्यायपालिकाको नेतृत्व गर्न असक्षम भएको भन्दै राजीनामा दिनुपर्ने निर्णय गरिसकेको छ ।

Nabintech