फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो


काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढेको छ ।

मूल्यवृद्धिसँगै पेट्रोल प्रतिलिटर १३३ तथा डिजेल र मट्टीतेल ११६ प्रतिलिटर पुगेको छ ।

हवाई इन्धन पनि आन्तरिक र बाह्य दुवैतर्फ प्रतिलिटर १० रुपैयाँले बढेको छ । जसअनुसार आन्तरिक हवाई इन्धनको नयाँ मूल्य ९६ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर ८८५ पुगेको छ।

खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ५० ले बढेर १५०० पुगेछ ।

Nabintech