• १६ चैत्र २०८०, शुक्रबार
स्व.कालुराम भट्टराईको स्मृतिमा आयोजना गरिएको बृहत रक्तदान कार्यक्रम सम्पन्न


कैलाली । स्व. कालुराम भट्टराईको स्मृतिमा आयोजना गरिएको बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कैलालीको चौकिडाँडामा आयोजना गरीएको बृहत रक्तदान कार्यक्रममा १ सय २० जनाले रक्तदान गरेको कार्यक्रम संयोजक मनिष खरेलले जानकारी दिए ।
कोरोना महारी तथा चाडपर्वका बेला रगत अभावका कारण कुनै पनि व्यक्तिले अकालमै ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रमको आयोजना गरेको संयोजक खरेलले बताए ।
प्रत्येक रक्तदाता जिवनदाता हो भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा स्थानीयवासी, युवा, समाजसेवी, बुद्धिजीवी, सुरक्षकर्मी लगायतले रक्तदान गरेका थिए ।

यसबर्षबाट सुरु गरीएको रक्तदान कार्यक्रम अव प्रत्येक वर्ष आयोजना गरीने हुदा रक्तदान कार्यक्रममा सहभागिता भएर रक्तादान गरेका सम्भूर्णलाई संयोजक खेररले धन्यवाद ज्ञापन गरे ।

Nabintech