कर्णालीको बाढीले कैलालीका ६० घर डुबानमा


काठमाडौं । कर्णाली नदीमा आएको बाढीले कैलाली ६० वटा घर डुबानमा परेका छन् ।

विहानैदेखि तटीय सतहभन्दा माथि उर्लिरहेको बाढी बस्तीभित्र पस्दा ६० वटा घर डुबानमा परेका हुन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकी गाउँपालिका(९ पाता भारमा रानीजमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गरेको नहरबाट पानी बस्तीसम्म पुगेको जानकारी दिए ।

‘‘प्रशासनको टोली घटनास्थलमै घटिएको छ । प्रभावित बस्तीलाई सुरक्षित स्थानतर्फ सारिँदैछ । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनामा ठुलो क्षति पुगेको छ,” उनले भने । उनकाअनुसार क्षतिको थप विवरण आउन बाँकी छ ।

Nabintech