• १५ चैत्र २०८०, बिहीबार
कांग्रेसको काठमाडौं महानगर सभापतिमा नीलकाजी शाक्य विजयी


काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका नगर सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् ।

आइतबार भएको मतदानमा मतगणनामा शाक्यले ७९६ ल्याएर विजयी भएका हुन् । उनी पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट हुन् । रामचन्द्र पौडेल पक्षका उनलाई गगनकुमार थापाको पनि समर्थन थियो ।

संस्थापन समूहका उम्मेदवार प्रगतिमान रञ्जितले ३२९ मत मत पाए । शाक्यलाई पूर्वमहामन्त्री प्रकाशमान सिंह र गगन थापाको समर्थन थियो भने रञ्जितलाई सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला पक्षको साथ थियो । तर सिंह थापा निकट शाक्यको प्यानल नै विजयी भएको छ ।
शाक्य प्यानलबाटै उपसभापतिमा सुशीला ढकाल र सन्तकुमार महर्जन निर्वाचित भएका छन् ।

यस्तै सचिवमा सुशन वैद्य र पुरुषोत्तम खकुरेल विजयी हुँदा सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर निर्वाचित भएका छन् ।

 

 

Nabintech