• १३ बैशाख २०८१, बिहीबार
देउवा सरकारले फेरी गठन गर्यो सुकुम्बासी आयोग,केशव निरौला अध्यक्षमा नियुक्त


काठमाडौं । सरकारले केशव निरौलाको अध्यक्षतामा राष्ट्रिय भूमि आयोग गठन गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले २०७७ साल वैशाखमा एमाले नेता देवी ज्ञवालीको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको थियो । देउवा सरकारले कार्यकालको सुरुआतमै सो आयोग विघटन गरेको थियो । सरकारले नेपाली कांग्रेससम्वद्ध नेपाल शिक्षक संघका पूर्व अध्यक्ष निरौलाको नेतृत्वमा नयाँ आयोग बनाएको हो । आयोगको उपाध्यक्षमा महेन्द्र खड्का छन् । अरु सदस्यहरु भने नियुक्त भएका छैनन् ।

आयोगका नवनियुक्त अध्यक्ष निरौलाले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सपथ लिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौलाले सुकुम्वासीका समस्याहरुलाई हटाउन प्रयत्न गर्ने बताएका छन् ।

आयोगले ७७ वटै जिल्लामा समिति गठन गरेर काम गरिरहेको बेला देउवा सरकारले भंग गरेको थियो । प्रमुख प्रतिपक्षी एमालेले आयोग भंग गरेर सरकारले भूमिहीनमाथि अन्याय गरेको आरोप लगाएको थियो । यससम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

Nabintech