असोज ४ गतेबाट दशैंका लागि राष्ट्र बैंकले नयाँ नोट साट्ने

प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ सम्म सटही सुविधा



काठमाडौं ।यस बर्षको दशैंका लागि असोज ४ देखि राष्ट्र बैंकले नयाँ नोट साट्ने भएको छ ।

काठमाडौंमा केन्द्रीय कार्यालय बालुवाटार र हरेक प्रदेश कार्यालयमार्फत सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दैछ ।
राष्ट्र बैंकले ४ गतेदेखि नै बाँडे पनि अन्य बैंक र वित्तीय संस्थाले दसैंको १५ दिनअघिबाट मात्र वितरण गर्ने अनौपचारिक सहमति भएको छ ।

सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट पाउनेछन् । बैंकमा ढुकुटीको क्षमता, ग्राहकको मागलगायत आधारमा क, ख र ग वर्गका वित्तीय संस्थालाई उल्लिखित रकम प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले असोज १०र१२ देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने जानकारी राष्ट्र बैंकलाई गराएका छन् ।

Nabintech