देउवाको गृहजिल्ला डडेल्धुरामा पुन: अधिवेशन गर्न पौडेल समूहको माग

सत्ताको दुरुपयोग गरी एकतर्फीरूपमा अधिवेशन गरेको आरोप



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले डडेल्धुरामा भएको वडा अधिवेशन अस्वीकार गर्दै नयाँ नेतृत्वका लागि पुनस् निर्वाचन गर्न माग गरेको छ ।
आफ्नो समूहका तर्फबाट विज्ञप्ति जारी गर्दै पौडेलले राज्यशक्ति र प्रशासनिक शक्तिको दुरुपयोग गरी एकतर्फीरूपमा अधिवेशन गरिएको आरोप लगाएका छन् ।

‘नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक विधान र परम्परा तोडेर क्रियाशील सदस्यताको टुंगो नलगाइ अधिवेशन(निर्वाचन प्रारम्भ गरिएको छ,’ विज्ञप्तमा पौडेलले भनेका छन्, ‘पार्टी विधान र केन्द्रीय कार्यसमितिको निर्णय समेतलाई लत्याएर बलपूर्वक प्रक्रिया अगाडि बढाइएकोमा हाम्रा गम्भीर असहमति छ ।’

डडेल्धुरामा मात्र नभएर सुनसरीलगायत मुलुकका कतिपय ठाउँमा समेत सत्ता र शक्तिको चरम दुरुपयोग भएको पौडेल पक्षको आरोप छ । देशव्यापीरूपबाट एकैपटक महाधिवेशन हुने परम्परा तोडेर अधिवेसन प्रारम्भ भएको एक हप्तासम्म २० जिल्लाको क्रियाशील सदस्य सूची अझै टुंगो नलागेको विज्ञप्तिमा उल्लेख छ ।

 

Nabintech