इजरायलका रोजगारीका लागि जानेको भाषा परीक्षा आज हुँदै


काठमाडौं । इजरायलका रोजगारीका लागि जाने श्रमिक छनोट गर्न आज भाषा परीक्षा हुँदै छ ।

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि जाने श्रमिक छनोट गर्न आज भाषा परीक्षा लिन लागिएको हो ।काठमाडौंका विभिन्न परीक्षा केन्द्रमा दिउँसो १ बजेबाट एक घण्टा हुने परीक्षा हुने छ । परीक्षामा ७ हजार परीक्षार्थी सहभागी हुने छन् ।

८० पूर्णाङ्कको परीक्षामा ४० वटा टिकमार्क प्रश्नको जवाफ दिनु पर्ने छ ।

परीक्षाको नतिजा दुई दिनभित्र सार्वजनिक गरिने बताइएको छ । लिखित परीक्षाको नतिजा सार्वजनिक भएको १० दिनभित्र अन्तर्वार्ता हुने छ ।

शारीरिक परीक्षण पनि हुने छ । परीक्षार्थीको तौल कम्तीमा ४५ किलो र उचाइ १.५ मिटर हुनुपर्नेछ । ७ सय महिला र ३ सय पुरुष छनोट हुनेछन् । इजरायल जाने श्रमिकले सरकारलाई १ लाख ६५ हजार रुपैयाँ तिर्नु पर्ने छ । एक लाख ८६ हजार रुपैयाँ मासिक पारिश्रमिक हुने छ ।

 

Nabintech