• ७ बैशाख २०८१, शुक्रबार
प्रधानमन्त्री देउवालाई पत्रकारको प्रश्न : संसद कहिले सुचारु हुन्छ !


काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठक सूचारु गराउने जिम्मेवारी प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को भएको बताएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सभामुख अग्निप्रसाद सापकोटा आफ्नो पार्टी फुटाउने षडयन्त्रमा प्रत्यक्ष संलग्न भएको भन्दै आइतबारको प्रतिनिधिसभा बैठक पनि चल्न दिएन ।

संसद बैठक लगातार अवरुद्ध भइरहेका बेला प्रधानमन्त्री देउवाले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै संसद बैठक सुचारु कहिले हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीलाई सोध्न आग्रह गरे । यसरी कति दिन संसद चलाउनुहुन्छ भन्ने प्रश्नको जवाफमा उनले संक्षेपमा भने, ‘ओलीजीलाई सोध्नु’ ।

एमालेले माधवकुमार नेपालसहित १४ जना आफ्नो पार्टीले निष्काशन गरेका सांसदलाई संसद बैठकमा भाग लिन लगाएसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने अडान लिँदै आएको छ ।

आइतबारको बैठक पनि अवरुद्ध भएपछि प्रतिनिधिसभाको अर्को बैठक आगामी भदौँ २९ गते मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

Nabintech