कांग्रेस सभापतिमा उम्मेदवारी दिने कल्याण गुरुङको घोषणा

उम्मेदवारी घोषणालाई बार्गेनिङ टुलको रुपमा प्रयोग नगर्ने गुरुङको प्रतिवद्धता



काठमाडौं । नेपाली कांग्रेसका युवा नेता कल्याण गुरुङले आसन्न १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

गुरुङले पार्टीमा नयाँ पुस्ताले नेतृत्व लिने समय आएको भन्दै ८० प्रतिशत युवा क्रियाशील सदस्य भएकाले आफु जितको नजिक भएको दावी गर्नुभयो ।
बुधबार पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

गुरुङले पार्टीमा नयाँ पुस्ताले नेतृत्व लिनुपर्छ भन्ने आम मानिसको माग रहेको भन्दै आफूले ८० प्रतिशत युवा क्रियाशील सदस्यको प्रतिनिधित्व गर्ने दाबी गर्नुभयो । उहाँले ३० वर्षदेखि पार्टी र देशको नेतृत्व उही पुस्ताले गरिरहेको भन्दै शासन व्यवस्थामा परिवर्तन आएपनि नेतृत्वको सोचमा परिवर्तन नआएकाले आफ्नो उम्मेदवारीले युवा वर्गमा उत्साह जगाउने बताउनुभएको छ ।

१४ औं महाधिवेशमा युवा क्रियाशिलको संख्या अध्याधिक भएकाले आफु जितको अन्त्यन्त नजिक भएको दावी गर्नुभयो । आफ्नो उम्मेदवारी घोषणा गर्दै गुरुङल उम्मेदवारी घोषणालाई बार्गेनिङ टुलको रुपमा प्रयोग नगर्ने बताउनुभएको छ ।कसैले पनि एउटा पदमा उम्मेदवारी घोषणा गरिसकेपछि त्यही पदमा चुनाव लड्नुपर्ने धारणा राख्नुभयो ।

कांग्रेसको सभापतिमा उम्मेदवारी घोषणा गर्दा गुरुङले आफ्ना एजेण्डाहरु पनि अघि सार्नुभएको छ । पार्टीलाई विधान अनुसार चलाउने र गुटबन्दी अन्त्य गर्ने गुरुङले प्रतिवद्धता छ ।

कांग्रेसमा सभापतिका लागि यसअघि उपसभापति विमलेन्द्र निधिले सभापतिमा उठ्ने घोषणा गरिसक्नुभएको छ । त्यस्तै हालका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला, शेखर कोइराला र सुजाता कोइरालाले समेत सभाबपतिमा उम्मेदवारी दिने बताउदै आउनुभएको छ । तर ६० बर्षभन्दा कम उमेरको उम्मेदवारी दिने गुरुङ पहिलो नेता हुनुहन्छ ।

 

 

Nabintech