• १४ बैशाख २०८१, शुक्रबार
सरकारमा जाने माधव नेपालको घोषणा,लौरो टेक्ने बेलासम्म पदमा नबस्ने दावी

एमसीसी सम्झौता परिमार्जन गरेरमात्रै स्वीकार गर्ने



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुने औपचारिक घोषणा गरेका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले गठबन्धनको सरकारमा छिट्टै सहभागी हुने बताएका हुन् । त्यस्तै उनले आफ्नो पार्टीले नेपाल कम्युनिस्ट पार्टी नछोड्ने पनि बताए ।

‘हामी कम्युनिस्ट पार्टी छोड्दैनौ, कम्युनिस्ट पार्टीले मात्रै जनताको समस्या सम्बोधन गर्छ’ नेता नेपालको भनाइ छ । उनले नेपाल कृषि प्रधान देशका भएकाले आफ्नो पार्टीले कृषिलाई नेपाली अर्थतन्त्रको जग बनाउने दावी गरे ।

‘हामी अवश्य पनि किसानलाई जग्गाको मालिक बनाउनेछौ’ उनले सुकुम्वासी समस्या समाधान गर्ने भन्दै शिक्षा, स्वास्थ्य, रोजगारी र शिक्षा लगायतका सात विषयलाई महत्व दिने बताए ।

भौतिक पूर्वाधारको विकास गर्दा हावादारी योजना अघि नसार्ने भन्दै ओलीले अघि सारेका पानी जहाज र रेलका सपना नबाँड्ने तर गर्नसक्ने कामहरु गर्ने बताए ।

अध्यक्ष  र नेपालले आफु जीन्दगीभर पार्टी पदमा नबस्ने बताएका छन् । उनले आफ्नो पार्टीले युवा पुस्तालाई अगाडि बढाउने भन्दै आफु जीन्दगीभर पदमा बस्न नचाहेको बताए । ‘अबको चुनावपछिको ५ वर्ष राजनीतिमा लाग्नेछु । जिन्दगीभरि लौरो टेक्दासम्म पदमा बस्ने चाहाना छैन’ नेता नेपालको भनाइ छ ।

अध्यक्ष नेपालले एमालेसँग एकताको सम्भावना रहेको भन्दै चरित्र र व्यवहार बदले ओली नेतृत्वको एमालेसँग पनि एकता हुनसक्ने बताए ।

त्यस्तै अमेरिकी आर्थिक परियोजना एमसीसीबारे पत्रकारले सोधेको प्रश्नमा उनले एमसीसी सम्झौता परिमार्जन गरेरमात्रै स्वीकार गरिने बताए ।

Nabintech