एमालेलाई लुम्बिनी प्रदेशसभाको जवाफः अजय शाही र विमला वलीलाई पदमुक्त गर्न मिल्दैन !


बुटवल। सूर्य चिह्न लिएर चुनाव जिेतका दुई प्रदेश सांसदलाई पदमुक्त गर्न माग गर्दै लुम्बिनी प्रदेशसभामा निवेदन दिएको प्रमुख प्रतिपक्ष नेकपा ९एमाले०लाई प्रदेशसभा सचिवालयले कारबाही गर्न नसकिने जवाफ दिएको छ ।

एमालेले दिएको पत्रको जवाफ दिँदै प्रदेशसभाले एमालेले कारवाही गरेका दुई सांसदलाई पदमुक्त गर्न नमिल्ने बताएको हो । प्रदेशसभा सचिवालयले एमालेलाई आइतबार पत्र लेखेर अजय शाही र विमला वलीलाई पदमुक्त गर्न नमिल्ने बताएपछि एमाले र प्रदेशसभाबीचको दूरी झन् बढ्ने भएको छ ।

उनीहरु दुवै सूर्य चिह्नबाट निर्वाचित सांसद भएको र कानूनीरुपमा एमाले नै रहेकाले उनीहरुले एमालेको निर्णय नमानेपछि कारवाही गरी पदमुक्त गर्न एमालेको माग थियो ।

वली दाङ र शाही नवलपरासीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । वली नेकपाबाट र शाही स्वतन्त्र राजनीतिक समूहबाट आवद्ध थिए ।

एमालेले विना विभागीय मन्त्री शाही र वलीलाई दलको आचारसंहिता, विधान र ह्वीप उल्लंघन गरेको भन्दै कारवाही गरेर पदमुक्त गर्न प्रदेश सभामुखलाई पत्र बुझाएको थियो ।

पत्र बुभ्mदै सभामुख पूर्णबहादुर घर्तीले अध्ययन गरेर प्रक्रिया अघि बढाउने बताएका थिए । एमालेको पत्रको अध्ययन गरेर कारवाही गरेर पदमुक्त गर्न भनेका सांसदलाई पदमुक्त गर्न मिल्ने आधार नदेखिएकाले पदमुक्त नगरेको ब्यहोराको पत्र एमालेलाई पठाएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिएका छन् ।

एमालेले प्रदेशसभा नियमावली २०७४ को नियम १८८ अनुसार दलगत विवरण बुझाउँदा उनीहरुको नाम समावेश गरे पनि व्यक्तिगत विवरणमा एमालेको नाम उल्लेख नभएकाले पदमुक्त गर्न नमिलेको ब्यहोरा एमालेलाई जानकारी गराइएको सचिवालयले दावी गरेको छ ।

प्रदेशसभा नियमावली १८७ सँग सम्बन्धित अनुसूची ६ अनुसार शाहीले स्वतन्त्र र वलीले माओवादी केन्द्रमा आवद्ध रहेको विवरण प्रदेशसभा सचिवालयमा बुझाएको उनले बताए ।

दुई सांसदका कारण प्रदेशसभाको नवौं अधिवेशन भदौ १ गतेदेखि सुरु भए पनि सदन निरन्तर अवरुद्ध छ ।  सदन चल्न नसक्दा मुख्यन्त्री कूलप्रसाद केसीले विश्वासको मत लिन पाएका छैनन् ।

एमालेले यो विवाद समाधान नभएसम्म सदन चल्न नदिने जनाएको छ ।सांसद भोलि सोमबारको लागि बोलाइएको छ ।

 

Nabintech