• १६ चैत्र २०८०, शुक्रबार
कुलमान नियुक्तिविरुद्ध हितेन्द्र शाक्य सर्वोच्च गए,बुधबार सुनुवाइ हुने (पूर्णपाठ)


काठमाडौँ । विद्युत् प्राधिकणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णय खारेज गर्न माग गर्दै
हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका छन् ।

यसअघिका कार्यकारी निर्देशक शाक्यले सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । आफू बिदामा बसेको बेला कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई मन्त्रिपरिद्ले संविधान र कानुन विपरीत नियुक्त गरेको भन्दै कुलमानको नियुक्ति बदर गर्न माग गर्दै उनले रिट निवेदन दर्ता गराएका हुन् ।

आफूले पदबाट राजीनामा पनि नदिएको र वैधानिक रूपमा आफूलाई उक्त पदबाट मुक्त नगरेको तर घिसिङलाई नियुक्त गरिएको भन्दै शाक्य सर्वोच्च पुगेका हुन् । मन्त्रिपरिषद्को साउन २५ गतेको बैठकले घिसिङलाई प्राधिकरणको प्रमुखमा नियुक्त गरेको थियो ।

शाक्यले आफूलाई सोही पदमा पदस्थापना गर्न र सरकार, ऊर्जा मन्त्रालयलगायतलाई सहयोग गर्न आदेश माग गरेका छन् ।

घिसिङलाई प्राधिकरणमा नियुक्त गरेर शाक्यलाई जल तथा ऊर्जा आयोगको विज्ञ सदस्यमा नियुक्त गरिएको थियो । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई राजीनामा गर्न दबाब दिइएको पनि शाक्ले रिट निवेदनमा लेखेका छन् ।

शाक्यको रिटमा बुधबार पेसी तोकिएको छ ।

Nabintech