• ७ बैशाख २०८१, शुक्रबार
अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छोडेर भागे


काठमाडौं । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेको सिन्ह्वाले जनाएकाे छ ।

अफगानिस्तानका स्थानीय न्युज एजेन्सीलाई उद्धृत गर्दै राष्ट्रपति घानीले अफगानिस्तान छाडेको सिन्हाले जनाएकाे हाे ।

टाेलाे न्युजका अनुसार अशरफ घानी र उनका सहयाेगीले पनि अफगानिस्तान छाडेका छन् । यसअघि कार्यवाहक रक्षा मन्त्री बिस्मिल्लाह माेहम्मदीले राष्ट्रपति घानीले देशकाे सङ्कट सुल्झ्याउने अधिकार राजनीतिक नेताहरूलाई सुम्पिएकाे  खबरमा उल्लेख छ ।

घानी अफगानिस्तानबाट ताजकिस्तान पुगेको समाचार संस्था राेयटर्सले जनाएकाे छ ।

तालिबान विद्राेही लडाकुहरु राजधानी काबुल पसेपछि राष्ट्रपति घानीसँगै उपराष्ट्रपति अमरुल्ला सालेहले पनि अफगानिस्तान छाडेकाे बीबीसीमा उल्लेख छ ।

तालिबानले अफगानिस्तानका मुख्य सहरहरू १० दिनमै नियन्त्रणमा लिएपछि पदबाट राजीनामा दिन घानीमाथि दबाब बढेकाे थियाे ।

Nabintech