कर्मचारीको नयाँ तलबमान: सवैभन्दा धेरै मुख्यसचिव र प्रधानसेनापति (सूचीसहित)


काठमाडौं ।  केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटमा वृद्धि गरिएको निजामती कर्मचारीको तलब साउन १ गतेबाट कार्यान्वयनमा आएको छ।

साउन २५ को मन्त्रिपरिषद् बैठकले वृद्धि गरिएको तलबमान साउन १ गतेबाट लागू गर्ने निर्णय गरेको थियो। अर्थ मन्त्रालय सोहीअनुसार कार्यान्वयन गर्न बुधबार सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरुलाई परिपत्र गरेको छ।

परिपत्रमा सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि यही साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान कायम गरेको उल्लेख छ।

वृद्धि भएको तलबमानअनुसार सरकारका मुख्यसचिवको सुरु तलब स्केल ६७ हजार १४० रुपैयाँ हुनेछ। ग्रेडसहित उनले कूल ७१ हजार ६१६ रुपैयाँ मासिक तलब बुझ्नेछन्।

राजपत्रांकित विशिष्ट श्रेणीका कर्मचारीको तलब ग्रेडसहित ५२ हजार ६०० रुपैयाँ कायम गरिएको छ। यस्तै राजपत्रांकित प्रथम श्रेणी, द्धितीय र तृतीय श्रेणीका कर्मचारीको सुरु तलब क्रमशस् ४९ हजार ३८०, ४२ हजार ३८० र ३७ हजार ९९० रुपैयाँ कायम गरिएको छ। निजामती कर्मचारीतर्फ सबैभन्दा कम प्रथमस्तरका कार्यालय सहयोगीको तलब २२ हजार ९१२ रुपैयाँ ९ग्रेडसहित० कायम गरिएको छ।

नेपाली सेनाका प्रधानसेनापतिले सुरु तलब ६७ हजार १४० र ग्रेडसहित ७१ हजार ६१६ रुपैयाँ पाउने भएका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकको तलब ग्रेडसहित समान ६६ हजार ८६० रुपैयाँ पुर्‍याइएको छ।

हेर्नुहोस् कसको तलब :

Nabintech