• ७ बैशाख २०८१, शुक्रबार
लुम्बिनी प्रदेशका मन्त्रीहरूको शपथ: डिल्ली चौधरी सहरीमन्त्री, सहसराम यादव भौतिकपूर्वाधार मन्त्री !


बुटवल ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सानो आकारको मन्त्रिमण्डल गठन गरेका छन् । प्रदेशको मुख्यमन्त्रीमा आजै नियुक्त भएका मुख्यमन्त्री केसीले सुरुमा सात सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन् ।

माओवादी, काँग्रेस, जसपा र स्वतन्त्र सांसदहरुलाई समेट्दै मुख्यमन्त्री केसीले सात सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन् । मुख्यमन्त्रीमन्त्री सहित माओवादीबाट २, काँग्रेसबाट १, जसपाबाट ३ जना र स्वतन्त्र एक सांसदलाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका छन् ।

काँग्रेसबाट डिल्लीबहादुर चौधरी (सहरी तथा ग्रामिण विकास), माओवादी केन्द्रबाट कृष्णध्वज खड्का (आर्थिक मामिला), जसपाबाट सुमन शर्मा रायमाझी (विना विभागीय), कुर्मती ढेँगा (विना विभागीय) र सहसराम यादव (भौतिक पूर्वाधार मन्त्री) बनेका छन् भने स्वतन्त्र (हृदयेश त्रिपाठी समुह) बाट अजय शाही (विना विभागीय मन्त्री) बनेका छन् ।

मुख्यमन्त्री केसीले सपथ लिएलगत्तै अन्य मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम राखिएको थियो ।

Nabintech