• ७ बैशाख २०८१, शुक्रबार
मन्त्री पाउने आशमा महन्थ ठाकुरलाई छोडेका सासंद अलपत्र,मन्त्री बन्ने दौडमा उपेन्द्र पक्ष हावी


काठमाडौं । जनता समाजवादी पार्टी सरकारमा जाने निश्चित भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा ७ मन्त्रालय दिएर जसपा सरकारमा जाने तयारी अन्तिम चरणमा रहेको छ । र त्यसका लागि पार्टी भित्र तिब्र तिव्र तयारी पनि भइरहेको छ। जसपा अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा जाने तयारीमा रहेको पार्टीका एक केन्दीय कार्यकारिणी सदस्यले बताए।

जसपा स्रोतका अनुसार पार्टी अध्यक्ष यादवले देउवा सरकारमा उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउन लागेको बुझिएको छ । यादवले कठिन समयमा साथ दिने आफ्ना सांसदहरुलाई मुख्य प्राथमिकतामा राखेपछि मन्त्रीको आशमा महन्थ ठाकुर पक्ष छोडेर उपेन्द्र पक्षमा लागेका सासंहरु अलपत्र परेका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा ठाकुर पक्षमा रही मन्त्री समेत भएका सासंदहरुलाई अहिलेको मन्त्रीमण्डलमा उनिहरुको नाम समेत सुनिदैन् ।

मन्त्री बनने लोभमा महन्थ ठाकुर छोडेर गएका राजकिशोर यादव, मनिषकुमार सुमन, गोविन्द चौधरी, अमृता अग्रहरी र प्रमोद साह अलपत्र पर्ने भएको छ। तर उपेन्द यादवलाई सुरुदेखि नै साथ दिएका आफ्ना पक्षका सासंदहरु नै मन्त्रीमण्डलको लिस्टमा प्राथमिकताका साथ परेपछि टुरिष्ट बनेर आएका सासंदहरु अलमलमा परेका छन् । स्रोतका अनुसार उपेन्द्रले आन्तरिक रुपमा मन्त्रीमण्डलमा सहभागि हुने नामावली तय गरीसकेको छ ।

स्रोतको दावी अनुसार मन्त्रीमण्डलको नामावली लिस्टमा आफु निकट मात्रै सासंदहरु राखेपछि महत्थको साथ छोडेर उपेन्द्रलाई साथ दिएका नेथताहरु असन्तुष्त बनेका छन् ।

यसअघि ठाकुर पक्षमा रहेका सासंदहरु अमृता अग्रहरी, प्रमोद साह, नरमाया ढकाल, रानी मण्डल, रुही नाज मिकरानी, चन्द्रकान्त चौधरी र रेणुका गुरुङ यादव पक्षमा लागेका हुन्। यस्तै, राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमारसिंह यादव पनि उपेन्द्र यादव  पक्षमा लागेका छन्।

मन्त्रीमण्डलमा वरिष्ठ नेता महेन्द्र राय यादव, नेता मोहम्मद इस्तियाक राइ, राजेन्द्र श्रेष्ठ, डा सुरेन्द्र यादव, प्रदिप यादव,रामसहाय यादव, मृगेन्द्रकुमार सिंह यादवको नाम मन्त्री बन्ने लिस्टमा रहेको बताइएको छ। यस्तै, महिलाबाट प्रमिला यादव र रेणु यादवमध्येबाट एकजना मन्त्री बन्ने सम्भावना बलियो रहेको बताइएको छ।
अध्यक्ष उपेन्द्र यादवले देउवा सरकारको पक्षमा खुलेर देखिएका १९ मध्येबाट विगतमा हस्ताक्षरकर्ता १३ जनाबाट मन्त्री चयन गर्ने जसपाका नेताहरुले बताएका छन्। जसपाको एक पक्षले पहिला मन्त्री नबेका सांसदलाई मन्त्री बनाउनु पर्ने पनि छलफलमा माग गरेको छ।

Nabintech