धनगढी । नेपाल रेडक्रस सोसाइटी कैलालीले आदर्श नव युवा क्लवलाई ‘बरिस्ठ स्वयसेवक रक्तदाता सम्मान प्रदान गरेको छ ।
मंगलबार नेपाल रेडक्रस सोसाईटीले कैलालीले ५५ औ रक्तसञ्चार सेवा स्थापना दिवसको अवसरमा आदर्श नव युवा क्लवलाई यस बर्षकै बरिस्ठ स्वयसेवक रक्तदाताको सम्मान प्रदान गरेको हो ।
नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य जीवन राना र नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति उत्तम जोशीले क्लवका अध्यक्ष निराजन खड्कालाई प्रदान गर्नुभएको हो ।
कोराना महामारीका बेला रगत अभावलाई मध्यनजर गर्दै क्लवले विभिन्न समयममा रक्रदान सप्ताह नै आयोजना गरी रेडक्रसलाई प्रदान गरेको छ ।
क्लवले युवाहरुलाई रक्तादन गर्न प्रोत्साहन गर्दै रक्रदान कार्यक्रम मार्फत जिल्लाका विभिन्न अस्पतलाई रगत संकलन गरी सहयोग गर्ने गरेको थियो ।
क्लवले वर्षभरी ४० पटक रक्तदान कार्यक्रम आयोजना गरी ५ सय १ पिन्ट रगत संकलन गरेको थियो ।