• १४ बैशाख २०८१, शुक्रबार
ओली सरकारले नियुक्त गरेका प्रदेश प्रमुख हटाइए,लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङ सिफारिस !


काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले दुई प्रदेशका प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ ।

मंगलबारको बैठकले लुम्बिनी प्रदेशको प्रमुखमा अमिक शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका धर्मनाथ यादव र गण्डकीमा सीता पौडेलको ठाउँमा शेरचन र गुरुङलाई नियुक्त गर्न लागिएको हो ।

गण्डकी प्रदेशमा हाल सीतादेवी पौडेल प्रमुख छन् । उनीभन्दा पहिले शेरचन प्रदेश प्रमुख थिए । लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादव छन् ।

यादव र पौडेललाई केपी शर्मा ‌ओली नेतृत्वको एमाले सरकारले प्रदेश प्रमुखमा सिफारिस गरेको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि पहिलोपटक प्रदेश प्रमुख फेरिएका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । प्रदेश प्रमुखहरू प्रदेशका लागि संघीय सरकारका प्रतिनिधि हुन् ।

Nabintech