• १६ चैत्र २०८०, शुक्रबार
जसपा विभाजन:उपेन्द्र पक्षलाई आधिकारिकता,महन्थ पक्षलाई नयाँ दल दर्ता गर्न आह्वान (पूर्णपाठसहित)

ठाकुर पक्षका सांसदको पद जाने, नजानेबारे आयोगको फैसला मौन 



काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने फैसला गरेको छ । महन्थ ठाकुर पक्षलाई अर्को दल दर्ताका लागि आह्वान गरेको छ।
जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई निर्वाचन आयोगले आधिकारिकता दिएको हो । यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको हो।

सोमबार निर्वाचन आयोगमा जसपाको उपेन्द्र यादव र महन्थ ठाकुर पक्षमा सशरीर उपस्थित भएर हस्ताक्षर सनाखत गराउँदा उपेन्द्र यादवको पक्षमा बहुमत देखिएसँगै यादव पक्षलाई नै आधिकारिता दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो ।
आयोगले ५१ सदस्यीय कार्यकारिणी समितिलाई आधिकारिकता मान्दै अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा ‘हेड काउन्ट’ गरेको थियो। ५१ सदस्यीय मध्ये रेशम चौधरी तटस्थ बस्नुभएको थियो ।

डिल्ली बजार कारागारमा रहनुभएका चौधरीलाई कडा सुरक्षाबीच आयोगमा उपस्थित गराइएको थियो तर उहाँले दुबै पक्षमा सनाखत गर्नुभएन् । पक्ष बिपक्षमा भएका ५१ जना मध्ये यादवको पक्षमा ३४ जना र ठाकुरको पक्षमा १६ जना कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका थिए। आयोगले यादव पक्षलाई आधिकारिकता दिने निर्णय गरेपछि ठाकुर पक्षलाई नयाँ नाम र नयाँ चुनाव चिह्नसहित आउन निर्वाचन आयोगले मौका दिएको छ ।

उपेन्द्र यादव पक्षमा नरहेका सांसदले जसपा छाडेमा उनीहरुलाई कारबाही गर्न राजनीतिक दल सम्बन्धी ऐन आकिर्षत हुने, नहुने बारे भने फैसला मौन छ । आयोगले अन्य कुरामा आफूहरुको धेरै भूमिका नहुने उल्लेख गरेको छ ।

पूर्णपाठसहित :

Nabintech