• १५ चैत्र २०८०, बिहीबार
माओादीका ४९ सांसदलाई मन्त्री चाहिएको छ, म मानसिक तनावमा छु :प्रचण्ड


काठमाडौँ । सत्तारुढ गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीको नाम टुंगो लगाउन सकस भइरहेको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले साउन ३ गते विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेका बेला गठबन्धन दलका अध्यक्ष दाहालले आफ्नो पार्टीका सबै सांसदले मन्त्री बनाउन भन्दै दबाब दिइरहेको बताएका हुन् ।

नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको ८ औं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय पेरिस डाँडामा शनिबार आयोजित कार्यक्रममा दाहालले भने, ‘मन्त्री बन्न दबाब दिने मान्छेको हुलभित्रबाट आएको छु । आतंक छ मेरो दिमागमा, कसलाई मन्त्री बनाउने कसलाई नबनाउने ? ‘

पार्टीका सबै सांसदलाई मन्त्री चाहियो उनले बताए । ‘हाम्रा सांसद सबैलाई मन्त्री चाहिया छ । हामीले पाउने बढीमा ७ जना हो,’ उनले भने, ‘यहाँ मन्त्री नभए भने नेतृत्वलाई सरापेर हिँड्ने, पायो भने मात्रै गर्ने प्रवृत्ति छ । ठूलै नियुक्ति पायो भने ठीक छ, पाएन भने नेतृत्व बेइमान भन्ने प्रवृत्ति छ ।’

प्रतिनिधिसभामा माओवादीका सभामुखसहित ४९ सांसद छन् । जसमध्ये दुई जना मन्त्री भइसकेका छन् । त्यस्तै, राष्ट्रिय सभामा रहेका सांसद पनि मन्त्री बन्ने दौडमा रहेका छन् ।

Nabintech