• १६ चैत्र २०८०, शुक्रबार
प्रधानमन्त्री देउवाले स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठलाई नियुक्त गरे

परम्परा तोड्दै राज्यमन्त्री श्रेष्ठको शपथ सिंहदरबारमै



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी आइतबार श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरेकोे राष्ट्रपति कार्यालयले जनाएको छ ।

निजी विद्यालय हात्तीवनस्थित लिटिल एन्जल्स स्कूलका सञ्चालकसमेत रहनुभएका सांसद श्रेष्ठ प्याब्सन र उच्च माध्यमिक विद्यालयहरूको संगठन (हिसान) का संस्थापक अध्यक्षसमेत हुनुहुन्छ। भोजपुर घर हुनुभएका श्रेष्ठ हाल संघीय संसदमा नेपाली कांग्रेसबाट समानुपातिकतर्फका सांसद हुनुहुन्छ ।

सत्ता गठबन्धनमा रहेका दलले मन्त्रालय भागवण्डा र मन्त्रीको संख्यामा सहमति जुटाउन नसकिरहेका बेला देउवाले आफ्नो पार्टीका सांसद श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिनुभएको हो । यो सँगै मन्त्रिपरिषदको संख्या ६ सदस्यीय भएको छ ।

Nabintech