• १४ बैशाख २०८१, शुक्रबार
कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट,विद्यार्थीले आफ्नै विद्यालयबाट परीक्षा दिन पाउने


काठमाडौं । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ ।

मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले अनुसार ३१ गते बिहान ११ बजेबाट २ बजेसम्म परीक्षा हुनेछ ।

विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउनेछन् । परीक्षा भदौ ९ गतेसम्म हुने भएको छ । परीक्षा अवधिमा गाइजात्रा र जनैपूर्णिमाको दिन विदा दिएर शनिबार पनि परीक्षा सञ्चालन गरिने पन्तले जानकारी दिए ।

गत जेठ २६ गते तय भएको परीक्षा दोस्रो लहरको कोरोना संक्रमणको तीव्र गतिमा फैलन थालेपछि स्थगित भएको थियो । यस पटक तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

भौतिक दूरी कायम राख्दै स्वास्थ्य सुरक्षाको उपाय अपनाउँदै परीक्षा लिने व्यवस्था मिलाउन समेत बोर्डले निर्देशन दिएको छ । देशभरका ३ लाख ७७ हजार विद्यार्थीहरू परीक्षामा सहभागी हुनेछन् ।

Nabintech