• १३ बैशाख २०८१, बिहीबार
कोहलपुरमा आयोजना गरिएको बृहत रक्तदान कार्यक्रममा ६० पिन्ट ब्लड संकलन


नेपालगञ्ज । कोरोना महामारीका बेला भइरहेको रगत अभावलाई मध्यनजर गर्दै आयोजना गरीएको बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।शनिबार

कोहलपुर र नेपालगन्जमा रहेका विभिन्न सामाजिक सस्थाहरुको संयुक्त आयोजनामा आयोजना गरीएको रक्तदान कार्यक्रममा करिव ६० पिन्ट ब्लड संकलन भएको बेटर बाकेका अध्यक्ष राजु चन्द ठकुरीले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतीथी लायन्स क्लब कोहलपुर कस्तुरीकी अध्यक्ष तथा उधोग वाणिज्य सघं कोहलपुर उपाध्यक्ष संगिता सुवेदीले मध्य तथा शुदुपश्चिम क्षेत्रकै ठूला अस्पता भएको यस क्षेत्रका अस्पताहरुमा रगत अभाव हुन नदिनका लागि गरीएको सामाजिक काम प्रशंसा गर्नुभयो ।

बृहत रक्तदान कार्यक्रममा हातेमालो गर्ने संस्थाहरुमा बास नेपाल, कोहलपुर जुनियर जेसिस, मेस्सी फ्यान क्लब कोहलपुर, लायन्स क्लब अफ कोहलपुर कस्तुरी, लिओ डिस्ट्रीक्ट काउन्सिल ३२५ बि २ रिजन २१, Be Yourself टिम, बेटर बाँके, कोहलपुर QRC (Quick Response Center) टिम, कोहलपुर ग्यालरी, सिबि इन्टरनेसनल कसल्टेन्सी, स्काउट कोहलपुर, भेजिटेरिएन ग्रुप कोहलपुर, डाइनामिक युथ क्लब मदनचोक, बल्डपल नेपाल, आइएमइ लाइफ ईन्सुरेन्स कोहलपुर रहेका छन ।

बृहत रक्तदान कार्यक्रम लाईअनलाइन ज्यूज मिडिया पार्टनरमा को रुपमा www.shilalekha.com  ले सहयोग गर्नु भएको छ भने सोसल मिडिया पार्टनरको रुपमा कोहलपुर ट्रेन्ड रहेको छ।

Nabintech