कोरोना महामारीमा रगत अभावलाई कम गर्न कोहलपुरमा बृहत रक्तदान कार्यक्रम हुदै


नेपालगञ्ज । कोरोना महामारीका कारण बाँके जिल्लामा रगत अभाव भएपछि सामाजिक कार्यमा सकृय संघ-संस्थाहरुको समन्वयमा बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएका छन् ।
रगत अभावका कारण बिरामीहरुले भोगिरहेको समस्यालाई मध्यनजर गर्दै बाँके-कोहलपुरमा रहेका सामाजिक कार्यमा अग्रसर क्लब/संस्थाहरुको सयुक्त आयोजनामा साउन २ गते शनिबार कोहलपुर ब्लड बैंकमा बृहत रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

विभिन्न रोगको उपचार तथा शल्यक्रिया गर्दा, दुर्घटना हुँदा तथा महिलाहरुको प्रसुतिको बेला रगत अत्यावश्यक हुने गर्दछ । कोभिड १९ को संक्रमण रोकथामको लागी गरिएको बन्दाबन्दी, निशेधाज्ञाका कारणले मुलुकभर यतिबेला रगतको अभाव भएको छ । सबै सामाजिक संस्था मिलि रगतको यो अभावलाई कम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक बेटर बाकेँका अध्यक्ष राजु चन्द ठकुरि ले जानकारी दिएका छन् ।

बृहत रक्तदान कार्यक्रममा हातेमालो गर्ने संस्थाहरुमा बास नेपाल, कोहलपुर जुनियर जेसिस, मेस्सी फ्यान क्लब कोहलपुर, लायन्स क्लब अफ कोहलपुर कस्तुरी, लिओ डिस्ट्रीक्ट काउन्सिल ३२५ बि २ रिजन २१, Be Yourself टिम, बेटर बाँके, कोहलपुर QRC (Quick Response Center) टिम, कोहलपुर ग्यालरी, सिबि इन्टरनेसनल कसल्टेन्सी, स्काउट कोहलपुर, भेजिटेरिएन ग्रुप कोहलपुर, डाइनामिक युथ क्लब मदनचोक, बल्डपल नेपाल, आइएमइ लाइफ ईन्सुरेन्स कोहलपुर रहेका छन ।

बृहत रक्तदान कार्यक्रम लाईअनलाइन ज्यूज मिडिया पार्टनरमा को रुपमा www.shilalekha.com  ले सहयोग गर्नु भएको छ भने सोसल मिडिया पार्टनरको रुपमा कोहलपुर ट्रेन्ड रहेको छ।

कोरोना महामारीका कारण जिल्लामा रगत अभाव भईरहेकाले बिरामिले रगत अभावमा सास्ति भोगिरहेको कारण आयोजकहरुले जिल्लाका सबैलाई मानव सेवाको पुन्य कार्य रक्तदान गरेर सहयोग गर्न हार्दिक अपिल गरेका छन ।

Nabintech