• १३ बैशाख २०८१, बिहीबार
प्रधानमन्त्री देउवाका विश्वासपात्र बालकृष्ण खाँणको हातमा गृहको कमाण्ड,को हुन त खाँण ?


काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा बालकृष्ण खाँणले गृहमन्त्रीको जिम्मेवारी पाएका छन् ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रहेका खाँणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा रक्षामन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रधानमन्त्री देउवाका विश्वासपात्र खाँण २०३३ सालदेखि कांग्रेस राजनीतिमा सक्रिय छन् । पञ्चायतकालमा पार्टीमाथि प्रतिबन्ध लागेका बेला उनी विद्यार्थी राजनीतिमा सक्रिय थिए ।

खाँणले २०४४ देखि २०४८ सालसम्म नेपाल विद्यार्थी संघ (नेविसंघ) को नेतृत्व गरे भने २०५४ देखि २०६४ सालसम्म नेपाल तरुण दलको अध्यक्ष पनि बने । पार्टीभित्र युवा पुस्तामा लोकप्रिय खाँण २०५६ सालदेखि हालसम्म निरन्तर पार्टीमा केन्द्रीय सदस्यको भूमिका छन् ।

२०४८ सालमै रुपन्देहीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनी २०७० सालमा पनि प्रत्यक्ष तर्फबाट सांसदमा निर्वाचित भए । २०६४ र २०७४ सालमाचाहिँ उनी समानुपातिकबाट सांसद बने ।

२०५८ सालमा शिक्षा, युवा खेलकुद तथा संस्कृति राज्यमन्त्री बनेका खाँण गणतन्त्र स्थापनापछिको पहिलो सरकारमा सिंचाइ मन्त्री बनेका थिए ।

विद्यार्थी आन्दोलनका बेला खाँण ३०३७ सालमा पक्राउ परेका थिए र राजकाज मुद्दामा ३ वर्ष जेल बसेर छुटेका थिए । वि।सं २०१७ सालमा स्याङ्जामा जन्मिएका खाँणले राजनीतिशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् ।

Nabintech