प्रधानमन्त्री देउवाले लिन मानेनन् शपथ, धारा ७६ को ५ अनुसार नियुक्ति हुनुपर्ने अडान


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिन अस्वीकार गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै देउवाले त्यसलाई नसच्याएसम्म शपथ ग्रहण गर्न अस्वीकार गरेका हुन् ।
उनले राष्ट्रपतिले संविधानको धारा ७६ ९५० अनुसार प्रधानमन्त्री नियुक्त गरेको भनी उल्लेख गर्नुपर्ने अडान लिएको जनाएको छ ।

राष्ट्रपति भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरी सर्वोच्च अदालतको फैसला बमोजिम प्रधानमन्त्री नियुक्त गरेको उल्लेख गरेकी छिन् ।

तर देउवाले भने आफूले धारा ७६ ९५० अनुसार प्रधानमन्त्रीमा दावी पेश गरेको र सर्वोच्च अदालतले त्यसै धारा अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएको भन्दै राष्ट्रपतिलाई नियुक्ति सच्याउन आग्रह गरेका हुन् ।
आफू नेपाली काँग्रेसको संसदीय दलको नेताको रूपमा प्रधानमन्त्री नभएको र धारा ७६ ९५० अनुसार नियुक्त हुनुपर्ने देउवाको जिकिर छ ।
उनले नियुक्ति नसच्चिएसम्म शपथ नलिने बताएका छन् । देउवाले यसबारे मुख्यसचिवलाई बूढानीलकण्ठस्थित निवासमा समेत बोलाएर असन्तुष्टि पोखेका थिए ।
राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको पत्रमा संविधानको कुरा धारा अनुसार नियुक्त गरेको भन्नेबारे नखुलाएपछि असन्तुष्ट बनेका देउवाले छलफल थालेका हुन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा विवाद भएपछि शपथ ग्रहण कार्यक्रम अझै सुरु हुन सकेको छैन ।

यस्तो छ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति:

 

 

Nabintech